डीपीएलको आयोजनामा ओम शान्ति डेन्टलको निःशुल्क शिविर

 

दमक, साउन ३१ । कमल गाउँपालिका–५ पाडाजुगी चोकस्थित इस्कोन मन्दिर परिसरमा डीपीएल कमलकोे आयोजनामा एक दिने निशुल्क दात तथा फिजिसियन सम्बन्धीको स्वास्थ्य शिविर सम्पन्न भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर मन्दिरमा आएका भक्तजनलाई लक्षित गर्दै स्वास्थ्य सुरक्षामा ध्यान दिँदै शिविर आयोजना गरिएको हो ।

 

 

शिविर ओम शान्ति डेन्टल हस्पिटल र दमक हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को प्राविधिक सहयोगमा सम्पन्न भएको थियो। डिपिएल कमल टिन्स बोर्डका अध्यक्ष प्रज्वल पाठकका अनुसार धार्मिक अवसरलाई सदुपयोग गर्दै समुदायमा स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले शिविर आयोजना गरिएको हो।

 

 

ओम शान्ति डेन्टल हस्पिटलका सञ्चालक कमल गैरेले पछिल्लो समय निरन्तर रूपमा यस्ता शिविरहरू आयोजना गरिँदै आएको जानकारी दिए। उनले समाजमा दन्त स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको र शिविरमा सहभागी हुने सेवाग्राहीहरूलाई अस्पतालमा थप उपचारका लागि २५ प्रतिशत छुटको व्यवस्था गरिएको पनि बताए ।

 

 

शिविरमा इस्कोन मन्दिरमा भक्ति गर्न आएका अधिकांश भक्तजनले दन्त परीक्षण गराएका थिए। सहभागीहरूले ओम शान्ति डेन्टलको सेवा, प्राविधिक दक्षता र मित्रवत व्यवहारप्रति सन्तुष्टि व्यक्त गरेका थिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि