संस्थाको प्रगतिको प्रशंसा

शान्ति किर्तन मण्डलीमा पुनः काफ्‌ले

पथरी, १ भदौ / मोरङको पथरी शनिश्चरे १ मा स्थापित भएर नमुना काम गर्दै आएको शान्ति किर्तन मण्डलीको २२ औं वार्षिक तथा चुनावी सभाबाट पुनः पोषराज काफ्‌ले अध्यक्षमा निर्वाचित बन्नु भएको छ ।

 

साधारणसभामार्फत सर्वसहमत रुपमा निर्वाचित समितिको बरिष्ठ उपाध्यक्षमा मानबहादुर थापा, उपाध्यक्षमा मञ्जु कार्की, महासचिवमा सुरेशकुमार कार्की, सचिवमा रमणप्रसाद दाहाल, महिला सचिवमा वन्दना कट्टेल, सहसचिवमा चुना बस्नेत र कोषाध्यमा तोयानाथ ढकाल रहनु भएको छ । नृपबहादुर भण्डारी, पवित्रा भट्टराई, जानुका दाहाल, विष्णु धिताल, कृष्ण कार्की, लक्ष्मी श्रेष्ठ, लीलानाथ गुरागाईं, गंगा कार्की, भीम संग्रौला सदस्यमा चुनिनु भएको छ ।

 

लेखा समिति संयोजकमा मेघनाथ मिश्र, सदस्यमा वविता बराल र रविना बुढाथोकी निर्वाचित बन्नु भएको छ । किर्तन उपसमितिको संयोजकमा कविता ढकाल तथा सदस्यहरुमा सीता दाहाल, मधु दाहाल, टुकबहादुर थापा, वीना अधिकारी, सीता तिम्सिना, पदमलाल न्यौपाने र लीला बुढाथोकी रहनु भएको छ ।

 

कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरे वडा नम्बर १ का अध्यक्ष भीमकुमार राईले संस्थाले आफू आफू रकम संकलन गरेर करोडौंको जग्गा र भवन जोड्दै समाजमा नैतिकताको पाठ सिकाउने काममा संस्थाको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।
सो अवसरमा पूर्व नगर उपप्रमुख यमुना विष्ट बास्तोला, शिक्षासेवी प्रदिपकुमार राईलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै किर्तन मण्डलीको गतिविधिको प्रशंसा गर्नुभयो ।

 

कार्यक्रममा महासचिव सुरेशकुमार कार्कीले संस्थाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष तोयानाथ ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । सचिव रमण दाहालले आगामी योजनाको खाका प्रस्तुत गर्नुभएको थियो । आर्थिक वर्ष ०८१/०८२ मा संस्थाले २ लाख २२ हजार ६ सय १३ रुपैयाँ आम्दानी तथा ३ लाख ६ सय ३ रुयैयाँ २४ पैसा खर्च गरेको प्रतिवेदन प्रस्तुत भएको छ ।

 

०६० जेठ ५ गते ७ जनाको समूहबाट सुरु भएको संस्था ०६३ मंसिर १३ गते जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको थियो । हालसम्म सदस्य संख्या १ हजार १ सय १५ पुगेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले