विराटनगरमा भव्य रथयात्रा

सँस्कृति संरक्षणमा जुट्न मुख्यमन्त्री कार्कीकाे आह्वान

विभिन्न जाति, भाषा र संस्कृतिको साझा थलो भएको उल्लेख गर्दै उहाँले मातृभाषा, बहुभाषिकता र बहुसांस्कृतिक पहिचानलाई आत्मसात् गर्दै रथयात्राले सामाजिक एकता, सहिष्णुता तथा साझापना मजबुत बनाउँदै ल्याएको बताउनुभयो।

दमक,  १ भदौ  । कोशी प्रदेशको राजधानी विराटनगरमा लामो समयदेखि निरन्तर रुपमा आयोजना हुँदै आएको ऐतिहासिक तथा साँस्कृतिक राधाकृष्ण रथयात्राका अवसरमा प्रदेश सरकारका मुख्यमन्त्री हिमन्त कुमार कार्कीले प्रदेशवासी एवं विदेशमा रहँदै आएका कोशीवासी नागरिकलाई शुभकामना व्यक्त गर्नुभएको छ।

 

मुख्यमन्त्री कार्कीले आइतबार शुभकामना सन्देश जारी गर्दै विराटनगरमा बसोबास गर्ने सम्पूर्ण धर्म, संस्कृति र परम्परा लगायतका पवित्र मूल्य मान्यताहरुको संरक्षण र प्रवद्र्धनमा रथयात्राले महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्नुभएको छ।

 

 

कोशी प्रदेश विभिन्न जाति, भाषा र संस्कृतिको साझा थलो भएको उल्लेख गर्दै उहाँले मातृभाषा, बहुभाषिकता र बहुसांस्कृतिक पहिचानलाई आत्मसात् गर्दै रथयात्राले सामाजिक एकता, सहिष्णुता तथा साझापना मजबुत बनाउँदै ल्याएको बताउनुभयो।

वि.सं. १८९८ सालदेखि सुरु भएको यो रथयात्रा आजसम्म निरन्तर रुपमा सञ्चालन हुँदै आएको भन्दै शुभकामना सन्देशमा यसको ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वलाई उठान गरिएको छ। मुख्यमन्त्रीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई सार्थक बनाउन धार्मिक तथा सांस्कृतिक पर्यटक प्रवद्र्धन गर्न कोशी प्रदेश सरकारले विशेष प्राथमिकताका साथ कार्यक्रमहरु अघि बढाइरहेको जानकारी समेत दिनुभएको छ।

 

रथयात्राको माध्यमबाट धार्मिक पर्यटनसँगै रोजगारी र राष्ट्रिय आर्थिक विकासमा समेत प्रत्यक्ष योगदान पु¥याउन सकिने भएकाले यस्तो सांस्कृतिक प्रधान उत्सवहरु संरक्षण गर्नु सबैको साझा दायित्व भएको मुख्यमन्त्री कार्कीको भनाइ छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि