नेपालमा रुबेला रोग निवारण भएको घोषणा

काठमाडौँ,२ साउन । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालमा रुबेला रोग निवारण भएको घोषणा गरेको छ । डब्ल्यूएचओले सोमबार विज्ञप्ति निकालेर जनस्वास्थ्य समस्याका रूपमा रहेको रुबेला रोग नेपालबाट निवारण भएको घोषणा गरेको हो ।

विश्व स्वास्थ्य सङ्गठनको दक्षिण–पूर्व एशिया क्षेत्रीय कार्यालयका कार्यवाहक प्रमुख डा. क्याथरिना बोहमले निकालेको विज्ञप्तिमा नेपालले प्राप्त गरेको सफलताले शिशुहरूका लागि स्वस्थ जीवनको शुरुआत र रुबेलामुक्त भविष्य सुनिश्चित गरेको उल्लेख छ ।

विज्ञप्तिमा स्वयंसेविकाहरूको निरन्तर सहयोग, स्वास्थ्यप्रति आमसमुदायको चासो र सहयोगको परिणाम यो उपलब्धि प्राप्त भएको उल्लेख गरिएको छ । नेपाल दक्षिण–पूर्वी एशिया क्षेत्रमा रुबेला निवारण गर्ने छैटौं देश बनेको छ ।

दादुराजस्तै देखिने रुबेला अर्थात् जर्मन दादुरा भाइरसको सङ्क्रमणबाट हुने अति सङ्क्रामक रोग हो । यस रोगले विशेषगरी गर्भवती महिलामा जटिलता निम्त्याउँछ । यसका कारण गर्भपतन हुने, मृत शिशु जन्मिने वा बच्चालाई जीवनभर असर पार्ने अपाङ्गता लगायतका समस्याहरू देखिने डब्ल्यूएचओले बताएको छ । रुबेलालाई खोपबाट रोकथाम गर्न सकिन्छ ।

नेपालले सन् २०१२ मा ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लक्षित गर्दै देशव्यापी अभियानमार्फत रुबेला खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गरेको हो। सन् २०१६ मा रुबेला खोपको दोस्रो मात्रा पनि राष्ट्रिय खोप तालिकामा थप गरिएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका