नेकपा एमाले

एमालेका ९० प्रतिशत सांसदहरू एमसीसीको विपक्षमा

 

 

 

नेकपा एमालेका अधिकांश सांसदहरुले आफूहरु एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन्।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटका लागि पुगेका सांसदहरुले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा पार्टीका ९० प्रतिशत भन्दा धेरै सांसद रहेको बताएका हुन्।

एमाले प्रमुख सचेतक विशाल भट्टराईलगायत केही सांसदहरूले आज ओलीलाई भेटेका थिए। भेटका क्रममा सांसदहरूले धेरैले एमसीसीको विपक्षमा जान जनदबाब आएको बताएका थिए। तर त्यसबारे ओलीले केही जवाफ भने दिएनन्।

‘उहाँले टाउँको मात्र हल्लाउनु भयो केही प्रतिक्रिया दिनु भएन’ एमालेका एक सांसदले भने।

सरकारले आजको संसद बैठकमा एमसीसी टेबल गर्ने तयारी गरेको जनाइएको छ। तर एमालेले भने कार्यव्यवस्था समितिको बैठकमा नजाने र संसद अवरोधलाई निरन्तरता दिने जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधीन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाइते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन