तीज भड्किलो बन्दैछ कि महिला स्वतन्त्रता बढेको ? कसरी मनाउने सभ्य तीज ?

दमक,३ भदौ । नेपाली हिन्दु महिलाहरूको ऐतिहासिक चाड तीज पछिल्ला केही वर्षयता भड्किलो बन्दै गएको छ । तीजको दरखाने नाममा महिनौँदिन अघिदेखि विभिन्न होटलदेखि पार्टी प्यालेसमा ठूलो ठूलो पार्टीहरूको आयोजना गरेर हजारौँ लाखौँ रूपैयाँँ खर्च गर्ने चलन नै बसेको देखिन्छ । ठूलो होटलमा धेरै पैसा खर्च गरेर पार्टी गरेर देखावटी रूपमा नाचगान गरेर समाजमा म त ठूलोे हुँ भन्ने सन्देश दिएर मनाइने तीजले समाजलाई नकारात्मकतातिर धकेलिरहेको छ ।

हरेक वर्ष भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म मनाइने हिन्दु नारीहरूको अत्यन्त महत्वपूर्ण र पवित्र एवं धार्मिक पर्व हो, हरितालिका तीज। किंवदन्ती अनुसार भगवान शिवलाई पतिको रूपमा प्राप्त गर्न हिमालयकी छोरी पार्वतीले कठोर तपस्या गरी बरदान पाएको दिन हो, हरितालिका तीज। विवाहित महिलाले आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको कामनासहित व्रत बस्ने र अविवाहित महिलाले सुयोग्य पति प्राप्त होस् भन्ने कामनासहित व्रत बसी पूजाआजा गरी मनाइने पर्बका रुपमा लिने गरिन्छ । तर आजभोलि यतिमै मात्र सीमित रहेन, हरितालिका तीज। माइतीको आँगनमा बाबुआमा, दाजुभाइ र दिदीबहिनी जम्मा भएर मनाइने हरितालिका तीज अहिले होटल र पार्टी प्यालेसमा पुगेको छ। व्रत र पूजाआजा गरी भाद्र शुक्ल द्वितीयदेखि पञ्चमीसम्म मनाइने हरितालिका तीज आजभोलि दरका नाममा महिनैभरी मनाउन थालिएको छ।

व्रत र पूजाको स्थान भोजभतेरले लिएको छ। शृंगारको नाममा गरगहना र वस्त्रको प्रदर्शन, गीतको नाममा उच्छृङ्खलता र नाचको नाममा अंग प्रदर्शन एवं अश्लीलताको प्रदर्शन बढिरहेको छ। केही वर्षदेखि संस्थागत रूपमा तीज कार्यक्रमको आयोजना गर्ने प्रचलन पनि बढिरहेको छ। पछिल्लो समयमा त लगभग प्रतिस्पर्धा जसरी कार्यक्रमहरूको आयोजना भैरहेको देखिन्छ। महिलासँग सम्बन्धित संघसंस्था मात्र होइन, राजनीतिक पार्टी, सरकारीरगैरसरकारी संघसंस्था, उद्योगी, व्यापारी, कर्मचारी, वकिल, पत्रकारहरूका संघसंगठन, क्लब, समूह आदि सबैले तीजको कार्यक्रम आयोजना र भोजभतेर एवं नाचगान गर्ने गरेको देखिन्छ। तर कतिपयले यसलाई सकरात्म रुपमा लिएका छन् । दमक ४ की शारदा भट्टराई,पछिल्लो समय सामाजिक संघसस्थाहरुले महिलाहरुलाई पनि उत्कृष्ट स्थान दिनुपछृ भन्ने भावना र सहभागि गराउनुपर्छ भनेर तीज मनाउन थालेको र यसले बृहत रुप लिएको बताउनुहुन्छ । तर यसले बिकृतिका रुपमा बढाउन नहुने उहाको तर्क छ ।

यस्तैमा दमककी अग्रज सामाजिक व्यक्तित्व सुमित्रा प्रसाईका अनुसार पहिले तीज श्रद्धा, पूजाआजा र पारिवारिक एकताको पर्वका रूपमा मनाइन्थ्यो। तर अहिले तीजमा छाडो पहिरन र उत्ताउला नाचगानलाई महत्व दिइन थालिएको छ। जति भड्किलो प्रस्तुति, उति भव्य तीज मानिने प्रवृत्ति बढ्दै गएको उहाँको गुनासो छ।

यता अनेमम संघ केन्द्रिय सदस्य शुभेक्षा अधिकारी तीजलाई रमाईलो र स्वतन्त रुपमा मनाईरहदा मौलिकता र सस्कृतिलाई समेत ध्यान दिनुपर्ने धारणा राख्नुहुन्छ । अत्यधिक देखावटी पनले तीजलाई पर्बका रुपमा नभई भड्किलो प्रर्दशनमा सिमित पार्ने उहाको तर्क छ ।

चाडवाड मनाउने नाममा, संस्कार र संस्कृति जोगाउने नाममा समाजमा कुसंस्कार, विकृति र छाडापनलाई वृद्धि गर्नुहुँदैन् । विकृतिका रूपमा मौलाउँदै फजुल खर्चिलो, भड्किलो तथा छाडापना बढ्दै गएको तीज पर्वलाई लगाम लगाउन जरुरी छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गोरखा, बागलुङ र धादिङका प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

३०  असोज, काठमाडौं। सरकारले बाढी तथा पहिरोबाट प्रभावित गोरखा, बाग्लुङ र धादिङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको

‘सिद्धान्तहीन सरकारले कसरी जनताको पक्षमा काम गर्छ ?’ : कमला पन्त

काठमाडौं , असोज ३०। नेपाली कांग्रेसकी राष्ट्रिय सभा संसदीय दलकी नेता कमला पन्तले वर्तमान सरकारमा सैद्धान्तिक विचलन देखिएको आरोप लगाउनुभएको छ । उहाले सरकारसँग स्पष्ट

भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमै छलफल हुनुपर्छ : कांग्रेस

काठमाडौं,३० असोज। नेपाली कांग्रेसकी प्रमुख सचेतक बासना थापाले भूमि तथा वन सम्बन्धी अध्यादेश संसदमा छलफल गरेर मात्रै अघि बढाउनुपर्ने पार्टीको धारणा रहेको बताउनु भएको छ

धार्मिक विधिसहित खोकना जात्रा मनाइयो

ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा परम्परागत पूजा, धार्मिक अनुष्ठान तथा सांस्कृतिक गतिविधि

अनुशासनहीन बन्दै समाज : कारण र समाधान

काठमाडौँ,३० असोज । सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक

कांग्रेसको नयाँ नेतृत्वमा आधा दर्जनभन्दा बढी चिकित्सक, फिरदोस आलम सहमहामन्त्रीमा विजयी

३० असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत सम्पन्न केन्द्रीय कार्यसमितिको निर्वाचनमा आधा दर्जनभन्दा बढी चिकित्सकहरू निर्वाचित हुनुभएको छ । मतगणनाको प्रारम्भिक नतिजाअनुसार चिकित्सा पेशामा