सरोज पौडेलको नयाँ सिनेमा ‘कोशेढुंगा’

‘त्रिकोणात्मक प्रेम र ग्रामीण यथार्थ बोकेको ‘कोशेढुंगा’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

 

दमक, भदौ ३ ।ब्लकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारंगी’ निर्देशन गरेका सरोज पौडेलको नयाँ सिनेमा ‘कोशेढुंगा’ को ट्रेलर सार्वजनिक भएको छ । तीजको अवसर पारेर यो सिनेमा आगामी भदौ १२ ९अगस्ट २८० मा नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने भएको छ।

ट्रेलरमा त्रिकोणात्मक प्रेमकथा, पारिवारिक द्वन्द्व, दाम्पत्य जीवनमा देखिने उतार–चढाव, साथै गाउँले समाजको गरिबी र अभावलाई प्रस्तुत गरिएको छ । पात्रहरूको मनोविज्ञान, कथावस्तुको उल्झन र सम्बन्धका आयामलाई प्रभावशाली रूपमा देखाउने प्रयास गरिएको छ, जसले दर्शकलाई कथासँग भावनात्मक रूपमा जोड्ने संकेत गर्दछ ।

ग्रामीण परिवेशमा छायांकन गरिएको यस सिनेमामा आर्यन सिग्देल, सुरक्षा पन्त, प्रवीण खतिवडा, ऋचा शर्मा, नीति शाह, मञ्जिलकुमार र सरोज खनाललगायतका कलाकारको अभिनय समावेश छ ।

निर्देशक पौडेलकै लेखन रहेको ‘कोशेढुंगा’लाई प्रबिल कँडेल र किशोर अनुरागले निर्माण गरेका हुन् भने दिनेश खड्का कार्यकारी निर्माता हुन् । नरेदवी फिल्म्स र सारंगी फिल्म्सले सहकार्यमा तयार पारेको सिनेमा सेभेन सिज इन्टरनेसनलमार्फत अन्तर्राष्ट्रिय बजारमा समेत रिलिज हुने भएको छ ।

भिडीयो

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले