दमकको सुर्य दर्शनले मनायो तीज, उप प्रमुख भट्टराईले भन्नु भयो यो हाम्रो स्वतन्त्रता हो

दमक, ५ भदौ । झापाको दमकमा रहेको सुर्यदर्शन बचत तथा ऋण सहकारी सस्थाले भव्यताकासाथ तीज कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार आफ्‌नै सभाहलमा सम्पन्न गरेको कार्यक्रममा सहकारीका महिला सदस्यहरुले दिल खोलेर नाँच्नु भएको थियो भने आपसामा सुभकामना समेत आदान प्र्रदान गरिएको थियो । यही क्रममा दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले समेत सहकारीको तीज कार्यक्रममा छमछमी नाच्नु भएको थियो ।

नाच्ने कार्यक्रम सुरुहुनु अघी आयोजीत औपचारीक कार्यक्रममा बोल्दै उप प्रमुख रेगिना भट्टराई प्रसाईले भन्नु भयो सुर्यदर्शन बचत तथा ऋण सहकारी सस्थाले नेपालका सबै पर्वहरुलाई उत्तीकै महत्वका साथ मनाइरहेको र तीजलाई प्राथमीकता दिइएको प्रति आभार व्यक्त गर्नु भयो । सस्थाले सबै पर्वहरुमा विभिन्न समुह र सदस्यहरुलाई एकजुट गराउने काम गरिरहेको छ त्यहि अनुसार आफुहरुले पनि सस्थामा बचत गरेर भोलीको भविष्य सुनिश्चित बनाउन सक्नु पर्छ । उप प्रमुखले भन्नु भयो बचत गर्ने बानीले हामी सबैमा समृद्धि ल्याउने छ ।

सस्थाले जेष्ठ नागरिक सम्मान, आमा तथा बुबाको मुख हेर्ने जस्ता लोकप्रीय कार्यक्रम गर्दै आएको छ । यही क्रममा चेली र माईतीको सम्बन्धलाई अझ प्रगाढ बनाउन र सस्था चाहि माईती बनेर सदस्य चेलीहरुलाई तीजमा रमाईलो गराएको सस्थाकी सदस्य तथा तीज मिलन कार्यक्रमकी संयोजक रेनु मीश्रले जानकारी दिनुभयो ।

तीजमा रमाईलो गर्न आउनु भएका महिला दिदि बहिनीहरुलाई मिस्ठान्न दर समेत खुवाएर विदाई गरिएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बिर्तामोडमा नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ

झापा,१४ कार्तिक । गोप्य सूचनाको आधारमा प्रहरीले बिर्तामोड नगरपालिका–४ पश्चिम बस स्ट्यान्ड छेउको एउटा डेरामा छापा मार्दै नौ जनालाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ।

नेपाललाई पायल्स फ्रि देश बनाउने अभियान चलाँउदै एन्जल फाउन्डेशन

दमक,१४ कार्तिक । नेपालमा रहेका अधिकांश मानिसहरु अहिले पायल्स,फिसर,फ्रिस्टुला जस्ता रोगहरुबाट ग्रषित छन् । यस खाले रोगहरु ढिला पत्ता लाग्ने र गोप्य ठाउँहरुमा हुने भएकाले

विद्युत आपूर्तिबन्दले उद्योग संकटमा, कोशीका मुख्यमन्त्री कार्कीको ध्यानकर्षण

  दमक, १३ कार्तिक । नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिँदा कोशी प्रदेशका विभिन्न उद्योगहरू प्रभावित बनेका छन्। यसले स्थानीय रोजगारीदेखि समग्र अर्थतन्त्रमा असर

चक्रवात ‘मोन्था’ को प्रभाव : २ दिन सर्‍यो झापा महिला गोल्डकप

बिर्तामोड,  १४ कात्तिक । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ ।

झापामा ६५ मिलिलिटर वर्षा, मैनाचुलील मापन केन्द्रभने बिग्रियो

दमक, १४ कार्तिक । झापामा गएरातीदेखी निरन्तर पानी परिरहेको छ । राती भारी वर्षा भएपनि अहिले बिहान वर्षात सामान्य छ । तर पानी निरन्तर परिरहेकोले

चक्रवात “मोन्था” के हो

दमक, १४ कार्तिक | बङ्गालको उपसागरमा विकसित भएको शक्तिशाली उष्णकटिबंधीय चक्रवात “मोन्था” अहिले सक्रिय अवस्थामा छ । भारत र म्यानमारको तटीय क्षेत्रमा यसको प्रत्यक्ष प्रभाव