दमक, ६ भदौ | झापाको अर्जुनधारा नगरपालिका–११ बालविकास टोलमा बिहिवार दिउँसो पिङ खेल्ने क्रममा एक १० वर्षीय बालकको मृत्यु भएको छ।
स्थानीय नेत्र प्रसाद सिवाका छोरा प्रदिप सिवा आफ्नै घरमा बनाइएको साडीको पिङमा खेलिरहेका बेला दुर्घटना भएको प्रहरीले जनाएको छ।
साँझ करिब ४:४५ बजेतिर पिङ खेल्ने क्रममा प्रयोग भएको साडी बालकको घाँटीमा बेरिँदा उनी अचेत अवस्थामा फेला परेका हुन्।
बालककी आमाले तत्काल साडी खोलि उद्धार गरी उनलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगेको तर चिकित्सकले ५:२० बजे मृत घोषणा गरेका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको थियो। कानुनी प्रकृया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाइएको झापा प्रहरीले जानकारी दिएको छ।










