शिक्षाप्रति लगाव

थुलुङ डेन्टल क्लिनिककाे सहयाेग : इन्द्र लोहनी स्मृति विद्यालयमा खुल्याे पुस्तकालय

पत्रकारिता क्षेत्रका पुराना एबम् अग्रज पत्रकार इन्द्र लोहनीको स्मृतिमा स्थापना भएको सो विद्यालयमा अध्ययनरत सा–साना नानीबाबूहरुको अवस्थालाई मध्यनजर गर्दै पुस्तकालय निर्माण गरिदिएको डाक्टर थुलुङ्गले बताउनुभयाे ।

दमक,६ भदौ । झापाको कमल–२ देवीचौनस्थित इन्द्र लोहनी स्मृति विद्यालयमा  शुक्रबार पुस्तकालय उद्घाटन गरिएको छ।

दमकस्थित दमक थुलुङ्ग डेन्टल क्लिनिककी सञ्चालिका दन्त रोग विशेषज्ञ डक्टर सोफिया थुलुङले सो विद्यालयमा पुस्तकालय निर्माण गरिदिएका छन् । सामाजिक सेवामा काम गर्न रुचाउने डाक्टर थुलुङले आफ्नो जन्मदिनलाई समेत लक्षित गरेर पुस्तकालयको उद्घाटन गर्नुभएकाे हाे ।

पुस्तकालयको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष हुुकुमसिंह राई र डाक्टर सोफिया थुलुङ्गले संयुक्त रुपमा गर्नुभएको थियो ।

पत्रकारिता क्षेत्रका पुराना एबम् अग्रज पत्रकार इन्द्र लोहनीको स्मृतिमा स्थापना भएको सो विद्यालयमा अध्ययनरत सा–साना नानीबाबूहरुको अवस्थालाई मध्यनजर गर्दै पुस्तकालय निर्माण गरिदिएको डाक्टर थुलुङ्गले बताउनुभयाे ।

डाक्टर थुलुङ्गका अनुसार, पुस्तकालयका लागि आवश्यक फर्निचरका सामाग्रीहरु, फुटबल दुई थान, भलिबल दुई थान, ब्याडमिन्टर एक थान, टेवल टेनिस, चेस बोर्ड दुई थान, लुडो दुई थान, क्यारामबोर्डसहित पाँचसय थान विभिन्न विषयका पुस्तकहरु विद्यालयलाई हस्तान्त्रण गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले सामाजिक सञ्जालको अत्याधिक प्रयोगका कारण विद्यार्थीहरुमा पढ्ने बानी हराउँदै गएको र पुस्तकालयले पठनपाठन संस्कृतिको विकासमा योगदान पुर्‍याउने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि पत्रकार अनिलदेव राईले डाक्टर थुलुङले विद्यालयमा डेन्टल क्याम्पमार्फत पनि योगदान दिएको र पुस्तकालयले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरुलाई अभिरुचि गराउनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा कमलनगर अस्पतालका प्रमुख दीपक दाहाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाबहादुर कार्की, विद्यालयका इन्चार्ज कमल कटुवाल, थुलुङ्ग डेन्टल केयरकी डक्टर हाङमा माखिम लिम्बू, करुणा कार्की, धनमाया घिमिरे र शरद राजवंशी लगायतको उपस्थिति थियो ।

विद्यालयका प्रधानाध्यापक हजेन्द्र बहादुर बस्नेतको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा पुस्तकालय निर्माणकर्ता डक्टर सोफिया थुलुङलाई विद्यालयको तर्फबाट खादा र मालासहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

वि.सं. २०६५ सालमा स्थापना भएको यस विद्यालयमा हाल ७५ जना विद्यार्थी अध्ययनरत छन्। सो अवसरमा प्रमुख अतिथिसहित अन्य अतिथि पाहुनाहरुलाई विद्यालयको तर्फबाट मायाको चिनो वापत गमल र फूल वितरण गरिएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य विद्यालयकी शिक्षिका डिजा घिमिरे र सञ्चालन सहायक प्रधानध्यापक भूमिका चापागाईंले गर्नुभएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दसैँ अवधिमा देशभर भएका सवारी दुर्घटनामा १२४ जनाको मृत्यु, झण्डै तीन हजार घाइते

काठमाडौँ , कार्तिक १०। दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४ जनाको मृत्यु भएको छ ।प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार देशभर भएको सवारी दुर्घटनामा

पुर्ख्यौली पेसा धान्न रातको अँध्यारोमा जीवन जोखिम : गाउँघरमा फेरी फुक्नेहरूको गुनासो

बिर्तामोड , कार्तिक १०। कात्तिक महिना सुरु भएसँगै गाउँघरमा जोगीहरु फेरी फुक्दै हिड्न थालेका छन् । चैत र कात्तिक महिनामा फेरी फुक्ने जोगीहरु दुई महिनापछि

इजरायलमा संसदीय निर्वाचन : मतदान केन्द्रहरूमा नेतान्याहुविरुद्ध चर्को असन्तुष्टि र शान्तिको माग

एजेन्सी , कार्तिक १०। इजरायलमा मंगलबार संसदका लागि निर्वाचन हुँदैछ । १२० सिटका निर्वाचन सुरु भएको हो । मतदान केन्द्रहरू खुलेसँगै विभिन्न उमेर समूहका मतदाताहरूले

दुबईस्थित कोका–कोला एरिनामा आयोजित शानको ‘अल अफ मी टुर’ कन्सर्ट

  काठमाडौं , कार्तिक १०। भारतीय पाश्र्वगायक शानले दुबईमा आयोजित कन्सर्टमा पप संगीतका चर्चित गायक माइकल ज्याक्सनलाई सांगीतिक श्रद्धाञ्जली दिएका छन् । उनले ज्याक्सनको लोकप्रिय

उत्तराखण्ड विधानसभा घेराउमा झडप : कांग्रेसका १४ बुँदे माग, मुख्यमन्त्री धामीको सकारात्मक रहन आग्रह

काठमाडौं , कार्तिक १०। भारतको उत्तराखण्डमा महँगी, बेरोजगारी र विकाससम्बन्धी मुद्दा उठाउँदै विपक्षी दल कांग्रेसले राज्य सरकारमाथि दबाब बढाएको छ । बजेट अधिवेशन सुरु भएकै

उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड : मान्मका मासु पसलमा चरम लापरबाही,७ दिनभित्र दर्ता गर्न अल्टिमेटम

कालीकोट , कार्तिक १०। कालीकोटको सदरमुकाम मान्म बजारमा सञ्चालित मासु पसलहरू मापदण्ड विपरित रहेको पाइएका छन् ।जिल्ला प्रशासन कार्यालय कालीकोटले मंगलबार गरेको अनुगमनका क्रममा सदरमुकाममा

कीर्तिपुरमा मलानको विस्फोट : ४१ बलमा ५ चौका र ३ छक्कासहित अर्धशतक प्रहार

काठमाडौं , कार्तिक १०।  राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा दर्ज भएको छ । मलानले