छानविन हुँदै

झापामा पत्रकारका विषयमा उठेका विवादित विषयमा अध्ययन गर्न समिती

दमक/

बिर्तामोड स्थित बि एण्ड सि अस्पतालबाट झापाका पत्रकारले बिना काम ३/ ४ वर्षको तलव लिएको र घर बनाएको विषयमा पत्रकार महासघं प्रदेश १ समितीले अध्ययन गर्ने भएको छ । गत माग २१ गते अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले नेपाल पत्रकार महासघं झापा शाखाका अध्यक्ष एकराज गिरीले कामै नगरि तलव बुझेको र महासघंको प्रदेश एकको कार्यसमिती सदस्य सुरेन्द्र भण्डारीको घर निर्माण गरिदिएकोबारेमा गिरीले दिएको अभिब्यक्तिका बारेमा महासघंले अध्ययन गर्ने भएको हो । महासघंका पूर्व अध्यक्ष बिक्रम लुईटेलको संयोजकत्वमा ३ सदस्य छानविन समिती बनाइएको महासघं प्रदेश एक का कोषाध्यक्ष बिमल लामिछानेले उज्यालो खवरलाई जानकारी दिनुभयो ।  साथै यो समितीले अस्पतलका कार्यकारी निर्देशक प्रसाईले अव पत्रकारका विरुद्धमा लाग्ने भन्ने आषयको अभिव्यक्ती दिएको र यसले समग्र पत्रकार जगतमानै आँच आएकोले यसबारेमा पनि छानविन गर्ने जनाइएको छ ।

यो समितीले छानविन गरेर तयार पारेको प्रतिवेदन कार्यसमितीमा पेष हुने र पत्रकार दोषी भए आवश्यक कार्वाहिकालागि महासघंको केन्द्रिय समितीलाई सिफारिस गरेर पठाइने र प्रसाईले गलत आरोप लगाएर सार्वजनिक व्यक्तिको मान हानी गरेको पुष्टि भएमा त्यसकालागि पनि सम्बन्धीत निकायलाई कार्वाहिकालागि अनुरोध गर्ने निणर्य भएको पनि कोषाध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

प्रसाईले दिएको अभिव्यक्तीको खण्डन गर्दै प्रेस चौतारी नेपाल झापा शाखाले विज्ञप्ती समेत प्रकाशन गरेको थियो । माघ २७ गते चौतारीको विज्ञप्ती प्रकाशन पछि त्यसैको भोलीपल्ट माघ २८ महासघंले बैठक बसी यसबारेमा छानविन समिती गठन गरिएको बताइएको छ । छानविन समितीको संयोजकमा निवर्तमान अध्यक्ष बिक्रम लुईटल , वर्तमान अध्यक्ष लिला बल्लभ घिमिरे र महासचिव बिबेक गौतम रहनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

यो देश गीत गाएर राजनीतिक भाषण ठोकेर बनेको देश होइन ? ज्ञानेन्द्र शाही

काठमाडौं,२६ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमासम्बन्धी विषयलाई राष्ट्रिय सरोकारको अतिसंवेदनशील मुद्दा भएको बताउनु भएको छ । बुधबार प्रतिनिधिसभाको

के गणतन्त्रले ल्याएको धर्म निरपेक्षताको फल यही हो ?

काठमाडौं,२७ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताउनु भएको

दुई देशको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने आधार तयार गर्यो परराष्ट्रमन्त्री खनाल

काठमाडौं २७ जेठ। परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालैको भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने आधार तयार गरेको बताउनु भएको छ । बुधबार बसेको प्रतिनिधिसभा

पेलेर जाने कि सम्हालेर लाने ? हर्क साम्पाङ

  काठमाडौं,२८ जेठ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवाद सम्बन्धी धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताउनु भयो । प्रतिनिधिसभाको बैठकमा बोल्दै

शैक्षिक परामर्श सेवामा धरौटी : राज्य किन “हलो अड्काएर गोरु कुट्ने” बाटोमा ?

विद्यार्थीको भविष्य सुरक्षित बनाउने नाममा राज्यले ल्याउन खोजेको अत्यधिक धरौटीको व्यवस्था वास्तवमै समाधान हो कि समस्याको अर्को रूप ? आज यो प्रश्न शैक्षिक परामर्श क्षेत्रमा

सहकारी क्षेत्र बिकासका लागि हस्तक्षेपकारी होइन सहयागि बन्नु पर्छ : सचिव भुजेल

काठमाडौं,२७ जेठ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताउनु भएको