फिल्म ‘कोशेढुंगा

झलकमान गन्धर्वलाई समर्पित गर्दै ‘कोशेढुंगा’को ‘हे बरै’ सार्वजनिक ( भिडियो )

बुवाको हेर्ने दिनको अवसरमा झलकमान गन्धर्वको गीत ‘हे बरै’लाई पुनः स्वरांकन गर्दै निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो।

 

काठमाडौ, भदौ ७ । फिल्म ‘कोशेढुंगा’को ‘हे बरै’ बोलको गीत सार्वजनिक भएको छ। बुवाको हेर्ने दिनको अवसरमा झलकमान गन्धर्वको गीत ‘हे बरै’लाई पुनः स्वरांकन गर्दै निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो।

परदेशिएको छोरो परिबन्धमा परेर घर फर्किन नसक्ने अवस्था चित्रण गरिएको गीत मार्मिक सुनिन्छ। गीतमा गायक आशिष अविरलको स्वर सुन्न सकिन्छ।

नेपाली लोक संगीतका लिजेन्ड झलकमानलाई समर्पित गर्दै यो गीत पुनः स्वरांकन गर्दै चलचित्रमा राखिएको हो।

 

परिवारको दुःख हटाउन परदेश गएको परिवारको मुख्य सदस्य दुष्मनको घेरामा परेपछि जिन्दगीको अन्तिम घडीमा परिवारलाई कसरी सम्बोधन गर्दै बिदा माग्छ, यो गीतमा समेटिएको छ।

गीतको भिडिओमा चलचित्रका मुख्य कलाकार फिचर्ड छन्। मुकुन भुसाल सारंगी बजाउँदै हिँड्ने क्यारेक्टरमा छन्।

मुकुनको पात्रलाई ‘पूर्ण बहादुरको सारङ्गी’को वीरेको क्यारेक्टरबाट लिएको छ। वीरेको गेटअपमा मुकुनलाई देख्न सकिन्छ। उनले गाडीमा यो गीत बजाइरहँदा निकै मार्मिक र भावनात्मक माहोल सिर्जना हुन्छ।

सरोज पौडेलको निर्देशन रहेको चलचित्र ‘कोशेढुंगा’ भदौ १२ गते रिलिज हुँदैछ। ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेलको निर्देशन रहेको चलचित्रलाई नरदेवी फिल्मसले प्रस्तुत् गरेको हो।

यस फिल्ममा सुरक्षा पन्त, मन्जिल कुमार, आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ।

चलचित्रको निर्मातामा प्रेबिल कँडेल र किशोर अनुराग छन्। कार्यकारी निर्माता दिनेश खड्का हुन्। यो फिल्म ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुँदैछ।

‘कोशेढुंगा’लाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ। यो चलचित्र डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४२ देशमा प्रदर्शनमा आउने जनाएको छ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले