लागूऔषध ब्राउनसुगरसहित दाजुभाइ पक्राउ

दमक, ८ भदौ । लागूऔषध ब्राउनसुगरसहित धुलावारीका दुई दाजुभाइ पक्राउ परेका छन् ।

शनिबार साँझ ७ बजे मेचीनगर –१० पाथिभरा टोलस्थित बाँसघारीमा लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डवकुमार राजबंशीको कमाण्डमा खटिएको प्रहरी टोलीले सोही ठाउँ बस्ने २८ वर्षीय लुङगा भन्ने सन्दिप लिम्बूलाई शंका लागेर चेकजाँच गर्ने क्रममा उनको साथबाट प्लाष्टिकबाहेक ४ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ ।

संगै रहेका उनका भाइ २४ वर्षीय अर्जुन लिम्बू समेतलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई आवश्यक थप अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका

मौसम सफा नहुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दुवै उडानमा केही ढिला

काठमाण्डौ,११ कार्तिक। मौसम सफा नहुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही