आज तीजको व्रत बस्नुका साथै नाचगान गरी मनाइँदै

दमक,१० भदौ । आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलाहरू हरितालिका तीज पर्व मनाउँदै छन्।। आज भाद्र शुक्ल तृतीयामा व्रत बसी शिवको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याण प्राप्त हुने धार्मिक विश्वास रही आएको छ । हिजो दर खाएपछि औपचारिक रूपमा शुरू भएको तिज पर्व पर्सि ऋषि पञ्चमीसम्म मनाइन्छ ।

 

आज भाद्र शुक्ल तृतीयाका दिन देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धूमधामसँग तीज मनाउने गर्छन् । पतिको लागि आज व्रत बसेका नारीहरूको अटल सौभाग्य हुने मान्यता छ।

हिजोको दरको भरमा आजको दिन निराहार र निर्जला व्रत बस्ने चलन छ । पार्वतीले शिवजी वरका रूपमा प्राप्त गरौँ भनी मनोकामना राखी तीजको व्रत बसेपछि तीजको चलन चलेको जनविश्वास रहिआएको छ । आजको दिनमा शिव मन्दिर र शिवालयहरूमा दर्शनार्थीको विशेष भीड हुने गर्दछ । आजको दिन पशुपतिनाथ मन्दिर लगाएत देशभरका शिवालय परिसरमा रातो रंगमा सजिएका हर्षित, उत्साहित विवाहित, अविवाहित महिलाहरूको बाक्लै उपस्थिति हुने गर्छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्युत आपूर्तिबन्दले उद्योग संकटमा, कोशीका मुख्यमन्त्री कार्कीको ध्यानकर्षण

  दमक, १३ कार्तिक । नेपाल विद्युत प्राधिकरणद्वारा विद्युत आपूर्ति बन्द गरिँदा कोशी प्रदेशका विभिन्न उद्योगहरू प्रभावित बनेका छन्। यसले स्थानीय रोजगारीदेखि समग्र अर्थतन्त्रमा असर

चक्रवात ‘मोन्था’ को प्रभाव : २ दिन सर्‍यो झापा महिला गोल्डकप

बिर्तामोड,  १४ कात्तिक । भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप २०८२ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता सरेको छ ।

झापामा ६५ मिलिलिटर वर्षा, मैनाचुलील मापन केन्द्रभने बिग्रियो

दमक, १४ कार्तिक । झापामा गएरातीदेखी निरन्तर पानी परिरहेको छ । राती भारी वर्षा भएपनि अहिले बिहान वर्षात सामान्य छ । तर पानी निरन्तर परिरहेकोले

चक्रवात “मोन्था” के हो

दमक, १४ कार्तिक | बङ्गालको उपसागरमा विकसित भएको शक्तिशाली उष्णकटिबंधीय चक्रवात “मोन्था” अहिले सक्रिय अवस्थामा छ । भारत र म्यानमारको तटीय क्षेत्रमा यसको प्रत्यक्ष प्रभाव

नागरिकमा डर भरिएको छ ‘हामी साथमा छौ भन्न मोटरसाईकल र्याली निकाल्ने छौ ’

दमक १३ कार्तिक । विवेश शर्मा भट्टराई । उहाँ नेकपा एमाले दमक नगर कमिटीको सचिवालय सदस्य र जनर्गीय संगठन संयन्त्र समितीको संयोजक हुनुहुन्छ । र

नर्सहरुको आन्दोलनः अस्पतालमा बिहान १० बजे देखी १२ बजे सम्म सेवा बन्द

दमक, १३ कार्तीक । दमक १ मा रहेको सरकारी अस्पताल दमक अस्पतालमा आज बिहान १० बजे सेवाग्राहि पुग्दा नर्सहरु बिरामीसग भेटिएका थीएनन । उनीहरु अस्पताल