आकर्षक धार्मिक पर्यटकीयस्थल

भद्रपुरमा बन्यो डेढ करोडको लागतमा काली मन्दिर

 

 

झापाको भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीमा काली मन्दिर पुनःनिर्माण गरिएको छ । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रु एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनःनिर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलले जानकारी दिए ।

विसं २०२१ मा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको र अहिले मोरङको रङ्गेलीमा रहेको काली मन्दिरजस्तै भव्य बनाइएको उनले बताए । “हामीले मन्दिरलाई आकर्षक र भव्य बनाएका छौँ”, उनले भने, “ऐतिहासिक धार्मिकस्थलका रुपमा रहेको काली मन्दिरले धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा छ ।”

मन्दिर निर्माणका लागि भद्रपुर नगरपालिकाले रु २७ लाख सहयोग उपलब्ध गराएको छ । नगर प्रमुख जीवनकुमार श्रेष्ठले नमूनायोग्य र दर्शनीय काली मन्दिर निर्माण गरेर पर्यटक भित्र्याउने सोचअनुरुप मन्दिर निर्माण गरिएको बताए । “नगरकै आकर्षक धार्मिक पर्यटकीयस्थल बनाउने योजनामा स्थानीयवासी लाग्नुभएको छ”, उनले भने, “यसमा नगरपालिकाले पनि सहयोग गरेको हो ।”

मन्दिर निर्माणका लागि विभिन्न दाताले आर्थिक सहयोग गरेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष रमेशकुमार पराजुलीले बताए । “दाताबाट सङ्कलित सहयोग पारदर्शी र मितव्ययी तरिकाले मन्दिर निर्माणमा खर्च गरिएको छ”, उनले भने । काली, दुर्गा, गणेश, लक्ष्मी, सरस्वतीका ठूला मूर्ति भारतको राजस्थानबाट र सोही अनुरुपका साना मूर्ति भारतको सिलिगुडीबाट खरिद गरेर ल्याइएको छ । रु सात लाखको लागतमा मूर्ति खरिद गरेर ल्याइएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष मोहन कुमाइले जानकारी दिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बालेनको ‘ठूलो खेल’ : सरकार बनाउँदै संविधान नै फेरिने संकेत ?

काठमाडौं,३ चैत। ‘दुई तिहाइमा दुई सिट कम’ बहुमतको नजिक पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी—अब बालेन्द्र शाह नेतृत्वमा सरकार बनाउने तयारीमा छ। तर प्रश्न उठेको छ—यो सरकार

जेनजी आन्दोलनको क्षति : ऐतिहासिक भवन पुनर्निर्माण अन्योलमा

काठमाडौं,३ चैत । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनीपछि क्षतिग्रस्त भएको बबरमल स्थित सडक विभागको ऐतिहासिक भवन पुनःनिर्माण अनिश्चित

उदयपुरमा हुरी : दुईको मृत्यु, छ जना घाइते

उदयपुर,३ चैत। उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी

नेपालमा जर्मन प्रविधि लगानीका सम्भावना विषयक अन्तरक्रिया सम्पन्न

काठमाडौं,३ चैत ।नेपालमा स्थानीय तथा वैदेशिक लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ काठमाडौंमा एक विशेष ‘ज्ञान साझेदारी’ (नलेज सेयरिङ) अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल

“मधेश प्रदेश सरकारका १०० दिन:मुख्यमन्त्री यादवले ५१ प्रमुख कामहरु सार्वजनिक”

जनकपुर,३ चैत । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारको पहिलो १०० दिनमा गरेको मुख्य ५१ वटा कामहरु बारे जानकारी गराउनु

सुर्खेतमा आमा–छोरीको शव फेला, पाँच वर्षीय छोरा अझै बेपत्ता

सुर्खेत,३ चैत । आइतबारदेखि दुई छोराछोरी सहित हराएकी सुर्खेत गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी माया कठायत र छोरी आशा कठायतको शव फेला परेको प्रहरीले जनाएको छ ।