सहकारी ठगीका विषयमा अनुसन्धान

सहकारीको रकम हिनामिना गरेको आरोपमा दुई जना कर्मचारी पक्राउ

 

 

विराटनगर  सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रहरीले मोरङको धनपालथान गाउँपालिकास्थित नमूना सहकारीका दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।

सहकारीको एक करोड ९० लाख रुपैयाँ भन्दा बढी हिनामिना गरेको आरोपमा प्रहरीले मोरङ धनपालथान ४ कर्सियास्थित सहकारीका दुई कर्मचारीलाई पक्राउ गरेको हो ।

प्रहरीले सहकारीका लेखापाल धनपालथान–४ का ६० वर्षे सविलाल राजवंशी र सह–लेखापाल धनपालथान–६ का ५५ वर्षे राजकुमार राजवंशीलाई पक्राउ गरेको जनाएको छ ।

सहकारीले दिएको किटानी जाहेरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । दुवै जनाविरुद्ध प्रहरीले सहकारी ठगीका विषयमा अनुसन्धान गर्न मोरङ जिल्ला अदालतबाट म्याद थप गरिसकेको छ ।

सहकारी सञ्चालक समितिका उपाध्यक्ष सर्वेलाल राजवंशीले लेखा परीक्षण प्रतिवेदनले सरकारीको ठुलो रकम भ्रष्टाचार भएको देखाएको बताए । लेखा परीक्षण प्रतिवेदनले अनियमितता पुष्टि गरेपछि सहकारीका तर्फबाट पनि छानबिन समिति बनाइएको थियो । धनपालथान–४ का वडाध्यक्ष रोशन राजवंशीको नेतृत्वको समितिले पनि हिनामिनामा संलग्न भएको राजवंशीको दाबी छ ।

सविलालले १ करोड ११ लाख ६२ हजार र सह–लेखापाल राजकुमारले ७८ लाख १७ हजार चार सय २८ रूपैयाँ अनियमितता गरेको राजवंशीले बताए । लेखा परीक्षण प्रतिवेदन र छानबिनबाट अनियमितता भएको फेला परेपछि प्रहरीमा जाहेरी दिएको उनको भनाइ छ ।

सहकारी २०३५ सालदेखि सञ्चालित छ भने त्यसमा ५१० सदस्य आवद्ध छन् । सहकारीका अध्यक्ष गुलावचन मण्डल धनपालथान ३ का वडाध्यक्ष पनि छन् । सहकारीका जिल्ला प्रतिनिधि बासु रायका अनुसार मिलका लागि धान तथा गहुँ खरिद, बालुवा र गिट्टी ढुवानी तथा सनपाट खरिद एवम् बिक्रीका क्रममा हिनामिना गरेको पाइएको छ । साथै बचतकर्ताको रकमसमेत आफूखुसी चलाएर फिर्ता नगरेको उनको भनाइ छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकको ग्लोवल एजुकेशनलको स्वागत कार्यक्रममा यस्तो देखियो

दमक,२६ भदौ ।नयाँ ठाउँ… नयाँ साथी… नयाँ कक्षा…र, आँखाभरि नयाँ सपनाहरू। कसैको हातमा किताब थियो, कसैको अनुहारमा उत्साह। कोही नयाँ साथी खोज्दै थिए,कोही भने आफ्नै

सरकारले तत्कालका लागि रोक्यो डीएपी मलको बिक्री वितरण

काठमाडौं , २६ भदौ । सरकारले अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा आएको अवरोधको कारण देखाउँदै तत्कालका लागि रासायनिक मल डीएपी (डाइअमोनियम फस्फेट) को बिक्री वितरण स्थगित गरेको

आईजीपी दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गरी छानबिन गर्न सांसद सुनारको माग

काठमाडौं , भदौ २६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी

१,३८५ को मृत्यु, ५,१३० अझै बेपत्ता

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित क्षेत्रमा १७औँ दिनसम्म पनि सरकारको खोज तथा उद्धार कार्य जारी रहेको छ ।बाढीका कारण रसुवा, नुवाकोट,

प्रभावित किसानलाई तत्काल क्षतिपूर्ति दिन फोरएच नेपालको माग

काठमाडौं ,२६ भदौ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित किसान तथा कृषि क्षेत्रको क्षति विवरण तत्काल सार्वजनिक गरी उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न फोरएच