काठमाडौं, १२ भदौ । चाडपर्व शुरू भएसँगै बजारमा अण्डा खपत बढेको छ । उत्पादन घटेको र माग बढेपछि अण्डाको मूल्य समेत बजारमा बढेको छ ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढेको बताएको छ । विभिन्न फार्महरूको दरका आधारमा समर्थन मूल्य तय गरिएको हो । सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बिहिबारदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट ३० वटाको पाँच सय ४५ रुपैयाँ र मझौला अण्डाको पाँच सय ३० रुपैयाँ कायम गरिएको हो ।
यससँगै खुद्रा बजार मूल्य प्रतिगोटा २३ रुपैयाँ कायम गरिएको हो भने नेपालमा अहिले अण्डाको औसत लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा रहेको छ । नयाँ अण्डाको मूल्यअनुसार किसानले ठूलो अण्डाको प्रतिगोटा १८ रुपैयाँ १६ पैसा पाउने भएका छन् ।









