विराटनगर, १२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्ष पुष्पकमल दाहाल बुधबार विराटनगर आइपुग्नु भएको छ । विमानमार्फत विराटनगर पुग्नु भएको दाहाललाई विमानस्थलमा प्रदेशस्तरीय नेता तथा कार्यकर्ताले स्वागत गर्नु भएको थियो ।
माओवादी केन्द्रले आयोजना गरेको प्रदेशस्तरीय बैठकमा सहभागी हुन दाहाल विराटनगर आँउनु भएको हो । उहाँको सचिवालयका अनुसार बैठकमा उहाँले समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आगामी रणनीति तथा संगठन सुदृढीकरणबारे निर्देशन दिने कार्यक्रम रहेको छ।
बैठकलाई सम्बोधन गर्नुका साथै अध्यक्ष दाहालले प्रदेशका अन्य नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रमसमेत तय गरिएको छ।










