पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु संविधानको औचित्य समाप्त नहुने स्पष्ट

विराटनगर,१२ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपालको संविधान आफैँमा राम्रो भए पनि यसको कार्यान्वयनमा राजनीतिक दलहरूले अरुचि देखाएको आरोप लगाउनु भएको छ । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताँउनु भएको हो ।

 

प्रचण्डले देशको राजनीतिक परिस्थितिको सापेक्षतामा र अन्तर्राष्ट्रिय परिस्थितिको सापेक्षतामा नेपालको संविधान राम्रो बनेको बताउनु भएको छ । तर, यसको कार्यान्वयन अपेक्षित रूपमा हुन नसक्दा समस्या देखिएको उहाँको भनाइ छ। विशेषगरी, संविधान अनुसारका ऐन कानुन बनाउनमा नै दलहरूले अरुचि देखाएको उहाँले बताउनु भएको छ ।

प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपति सक्रिय राजनीतिमा फर्कनु संविधानको औचित्य समाप्त भएको नहुने स्पष्ट र्पानु भएको छ । उहाँले अन्तर्राष्ट्रिय उदाहरण दिँदै विश्वका विभिन्न मुलुकमा राष्ट्रपति, प्रधानमन्त्री र मेयरजस्ता पदमा रहेका व्यक्तिहरू पुनः सक्रिय राजनीतिमा फर्कने गरेको बताउनु भयो । “संविधानले, ऐनले, कानुनले कसैले पनि राष्ट्रपतिलाई सक्रिय राजनीतिमा नआउनु भनेको पनि छैन,“ उहाँले भन्नु भयो,“कुनै पार्टी राजनीतिमा नआउनु भनेको पनि छैन। त्यसकारण यो खाली उत् तर्क मात्रै हो।“

उहाँले राष्ट्रपति वा उपराष्ट्रपति पार्टीले निर्णय गरेर पठाउने भएकाले उनीहरूको कार्यकाल सकिएपछि फिर्ता लिन कुनै समस्या नहुने बताउनु भयो । यस सन्दर्भमा, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण केपी ओलीकै सहमतिमा भएको र सक्रिय राजनीतिमा फर्कन चाहेको कुरा अब छर्लङ्ग भएको उहाँले उल्लेख गर्नु भयो । चीन भ्रमणपछि विद्या भण्डारीलाई अध्यक्ष बनाउने कुरा पनि पहिले चलेको तर पछि के भयो भन्ने आफूलाई थाहा नभएको प्रचण्डको भनाइ थियो। उहाँले विद्या भण्डारीको “प्लान बी“ भन्ने कुरा हल्ला मात्र भएको र आफू र भण्डारीबिच अहिले कुनै सम्पर्क नरहेको बताउनु भयो । आफ्नो पार्टीले उपराष्ट्रपति नन्दकिशोर पुनलाई पार्टीमा फर्काएपछि पूर्वराष्ट्रपति भण्डारीलाई पनि राजनीतिमा आउन ढोका खोलिदिएको दाबी गर्नु भएको छ ।

प्रचण्डले कालापानी, लिपुलेक, लिम्पियाधुराजस्ता सीमा समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिबद्धता जनाएको खुलासा गर्नु भएको छ । आफू प्रधानमन्त्री हुँदा भारत भ्रमणमा जाँदा सीमा समस्या समाधान नगरिकन छिमेकीसँगको सम्बन्ध सुमधुर हुन नसक्ने कुरा प्रष्ट रूपमा राखेको बताउनु भयो ।

प्रचण्डले पार्टीभित्र रहेका स्वार्थ समूहहरूलाई विघटन गर्ने केन्द्रीय समितिको निर्णयबारे पनि प्रकाश र्पानु भयो। उहाँका अनुसार, स्वार्थ समूह भनेको पार्टीको स्वार्थ, लाइन, विधि, पद्धति र लिडरसिपभन्दा बाहिर सार्वजनिक वा आन्तरिक रूपमा पनि स्वार्थमा केन्द्रित भएर गरिने मिटिङहरू हुन्।

विद्या भण्डारीलाई अध्यक्ष बनाएर पार्टी एकीकरण गर्ने हो भन्ने प्रश्नमा प्रचण्डले आफूहरू त्यस्तो विषयमा अहिले प्रवेश नै नगरेको बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले