दमकको सब्जी बजारका फुटपाथ व्यापारमाथि नगरको निगरानी, फुटपाथ कव्जा गरे ‘अन द स्पट’कारबाही हुने

दमक, १२ भदौ । दमकको सब्जी बजार । जहाँ पस्दा पैदल यात्रीहरु छिर्नै नसक्ने गरि सडकको मध्यभाग सम्मै तरकारी फिजाएर व्यापार गरिन्थ्यो । किन यसो गरेको भन्दा सर्वसाधरणले व्यापारीबाट उल्टै हप्की खानुपरेका कयौ उदाहरण थीए । यसबारेमा उज्यालो खवरले यस अघीनै शशक्त रिपोर्ट बनाएको थियो । त्यसैको परिणाम स्वरुप दमक नगरपालिकाले अव यो बजार क्षेत्रको सडक पेटिमा व्यापार गर्न त परै जाओस एउटा क्रेड वा डालो पनि राख्न नपाउने गरि कडा नियम बनाएको छ र यसको कार्यान्वायन पनि सुरु भएको छ ।

 

यती मात्रै नभएर अव यो बजारमा जहाँबाट मन लाग्यो त्यहाँबाट पस्न पनि पाइदैन । अनी निक्सन पनि पाइदैन । पूर्व तर्फको प्रवेशद्धारबाट प्रवेश र पश्चिम तर्फको द्धारबाट बाहिर जानु पर्ने छ । जसकालागी सबैले देखिने गरिका ठुला ठुला अक्षरले लेखिएको सांकेतिक र लिखित बोर्ड राखीएको छ । अनी यहाँ भीत्र सवारी साधन राखेर तरकारी किन्न घण्टौ बेर पनि लगाउन पाइने छैन । जसकालागी निश्चित पार्किङ क्षेत्र तोकीएको छ । तोकीएको ठाउँमा सवारी पार्कीङ गर्ने र तरकारी किन्नु पर्ने हुन्छ । यो नियमलाई दमक नगरपालिकाले बिहिबार देखी कडाईका साथ लागु गराएको छ । यसको यहाँ आउने सर्वसाधारणले खुलेर प्रशषां समेत गरेका छन् ।

 

व्यापारीले सडक पेटि अचाक्लीनै मिचेका थीए । तरकारी खरिद गर्न आउने उपभोक्तालाई हिड्ने बाटोनै नदिने गरि आफ्ना सामान फिजाइएको हुन्थ्यो । यो कुरालाई व्यापारीका नेतृत्वले पनि स्विकार गरेका छन् । दमक तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष कुमार श्रेष्ठ भन्नु हुन्छ दमक नगरपालिकाले गरेको यो काममा हाम्रो समर्थन छ तर यसले निरन्तर्ता पाउनु पर्यो र बजार देखी बाहिर राखेर बेच्नेहरुलाई पनि नियन्त्रणमा लिनु पर्यो । ’

 

यो निरन्तर भएन र एक दिन देखाउन मात्रै भएको हो भने यसको भोली देखिनै नागरिकले विरोध गर्ने छन् । एक दिन गरेजस्तो मात्रै नगरि यसलाई निरन्र्ता दिन आफुहरु तयार रहेको दमक नगरपालिकाको सडक तथा ट्राफिक व्यवस्थापन समितीका अध्यक्ष प्रजापति सापकोटाले जानकारी दिनुभयो ।

 

बिहान र साँझको समयमा यो बजारमा उपभोक्ताको अत्याधीक भीड लाग्छ । तरकारी किन्न आउँदा सडकमा छरेर राखेका तरकारी किन्न बाध्य थीए नागरिक । यसो गरेर नबेच्नु भनेर दमक नगरपालिकाले पटक पटक मौखीक अनुरोध पनि गरेको थियो । कहिले कहिल लिखित नै पनि दियो । तर यहाँका व्यापारीले टेर्दै टेरेन्न । त्यसकारणले गर्दा अहिले चाहि एक्सनमै उत्रन बाध्य भइएको नगर प्रमुख राम कुमार थापाले बताउनु भयो ।

अव यहाँका तरकारी व्यापारीहरुले बिहान ८ बजे सम्म आफ्ना आएका सामानहरुको व्यवस्थापन गरिसक्नु पर्ने हुन्छ । आफ्नो स्टलमा जति सामान अट्छ त्यती मात्रै बेच्ने वा स्टक गर्नुपर्ने भएमा अर्को विकल्प अपनाउनु पर्ने नियम लागु गरिएको छ । यदी त्यसो नभमा सडकमा भेटिएका सामान त जफत हुन्छन् नै अन्य जरिवाना र कार्वाहिको भागेदार समेत बन्नु पर्ने भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले