विराटनगर ,१२ भदौ । सरकारले आफ्ना मागहरु भदौ १८ गते सम्म पनि सुनवाई गरेन भने सोहीदिनको भोलीपल्टदेखी सबै निजी विद्यालयका संचालकहरुले विद्यालय बन्द गर्ने घोषणा गरेका छन् । निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले यहि भदौ १८ गते सम्म पनि शिक्षा विधेयक सच्चाइएन भने विद्यालय बन्द गर्ने भनेर सरकारलाई चेतावनी दिएका छन् ।
निजी विद्यालयका छाता संगठनहरू प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले बिहीबार सयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै भदौ १८ गते सम्म सरकारले आफ्ना मागहरु सुनवाई गरेन भने अनिश्चतकालको लागि विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् ।
विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै निजी विद्यालय सञ्चालकहरू निरन्तर रुपमा आन्दोलन गरिरहेका छन् । आन्दोलनका कार्यक्रम अन्तर्गतको पहिलो चरण बिहीबारबाट सकिएको छ । यस्तै भदौ १३ गतेदेखी १८ गते सम्म चरणबद्ध आन्दोलनका कार्यक्रम रहेको छ । निजी विद्यालयले क्रमस् गैरनाफामूलक र पूर्ण छात्रवृत्तिविधेयकबाट हटाउनु पर्ने माग राखेर आन्दोलन गर्दै आएका हुन् ।









