मुख्यमन्त्री कार्की र जापानी राजदुत माईडा टोरुबीच भेटवार्ता

विराटनगर, १३ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र नेपालस्थित जापानी राजदूत महामहिम माईडा टोरुबीच शुक्रबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।

भेटमा दुई देशबीचका आपसी हितका विषयमा छलफल भएको मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रवि खनालले जानकारी दिनुभयो।

 

सो अवसरमा मुख्यमन्त्री कार्कीले नेपाल–जापान सम्बन्ध ऐतिहासिक र मित्रतापूर्ण रहेको चर्चा गर्दै नेपालको विकासमा जापानले पु¥याएको योगदान प्रशंसनीय भएको बताउनुभयो। विशेष गरी पूर्वाधार विकासमा जापानले गरेको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले कोशी प्रदेशमा कृषि, सूचना प्रविधि र पर्यटन क्षेत्रमा समेत सहयोग गर्न आग्रह गर्नुभयो।

 

जवाफमा राजदूत माईडा टोरुले नेपाल र जापानबीचको सम्बन्ध सुमधुर रहेको स्मरण गर्दै औद्योगिक विकास तथा कृषि क्षेत्रमा सहयोग गर्न जापान तयार रहेको बताउनुभयो।

 

भेटघाटमा प्रदेशको समग्र विकास र समृद्धिका विषयमा समेत व्यापक कुराकानी भएको जनाइएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकारहरुको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

दमक,१६ जेठ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पत्रकारका ११ वटा संगठन बीच आयोजित पत्रकारिताःहाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब

बजेटमार्फत विद्युतमा लगाइएको ५% भ्याट फिर्ता गर्न कुलमानको जोडदार माग

काठमाडौं,१६ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ता

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई

झापाको दमकमा बोराभित्र महिलाको शङ्कास्पद शव फेला

दमक, १६ जेठ । झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि

एभरेस्ट टुरिजम अवार्ड शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

काठमाडौं,१६ जेठ । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । पूर्वराष्ट्रपति डा।रामवरण यादवको

हदबन्दीसम्बन्धी कानुनी तत्काल सम्बोधन गर्न माग

काठमाडौं,१६ जेठ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ