लेटाङमा शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको उद्घाटन

लेटाङ, १३ भदौ । १८औँ राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा “हाम्रो पुस्तकालय : हाम्रो भविष्य” भन्ने मूल नारासहित लेटाङमा स्थापना गरिएको शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र शुक्रबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, नेपालका लागि जापानका राजदूत महामहिम माईडा टोरु र लेटाङ नगरपालिकाका नगर प्रमुख भूपेन्द्रकुमार लावतीले संयुक्तरूपमा पुस्तकालयको उद्घाटन गर्नुभयो।

उद्घाटनपछि मुख्यमन्त्री कार्कीले पुस्तकालयलाई ज्ञान, चेतना र सामाजिक रुपान्तरणको आधारस्तम्भको रूपमा व्याख्या गर्नुभयो। उहाँले भन्नुभयो, “यस पुस्तकालयले लेटाङ र आसपासका क्षेत्रमा शैक्षिक गतिविधिलाई थप सबल बनाउने छ। युवा पुस्ताले अध्ययन र अनुसन्धानमार्फत भविष्यलाई समृद्ध बनाउन यसलाई आधार बनाउन सक्नेछन्।”

जापानका राजदूत माईडा टोरुले स्थानीयस्तरमै समुदायलाई शैक्षिक स्रोत उपलब्ध गराउने पहल सराहनीय भएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “पुस्तकालयले केवल किताब मात्र होइन, संस्कार र मूल्य पनि बाँड्छ। यसलाई सबल बनाउन सबैको सहयोग जरुरी हुन्छ।”

नगर प्रमुख लावतीले नगरपालिकाले शैक्षिक तथा सांस्कृतिक अभियानमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले पुस्तकालयलाई समुदायमै टरको साझा थलोका रूपमा अघि बढाइने जानकारी दिनुभयो।

शान्ति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा अध्ययन कक्ष, बाल पुस्तकालय, डिजिटल पुस्तक सेवा, ई–लाइब्रेरी, तथा स्थानीय इतिहास, संस्कृतिसम्बन्धी सामग्री राखिएको छ। विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता र आमपाठकलाई लक्षित गरी पुस्तकालयलाई आधुनिक प्रविधिमैत्री बनाउन पहल गरिएको आयोजकले जनाएको छ।

स्थानीयले पुस्तकालय स्थापनाले नयाँ पुस्तामा पढ्ने संस्कारलाई पुनर्जीवित गर्ने विश्वास व्यक्त गरेका छन्। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, सरोकारवाला संस्था र समाजसेवीको उल्लेख्य उपस्थिति थियो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले