झापा, भदौ १५ । शिवसताक्षी नगरपालिका–१० दोमुखास्थित श्री दोमुखा धार्मिक तथा पर्यटकीय विकास व्यवस्थापन संस्थाको नेतृत्व १२ वर्षपछि फेरिएको छ। लगातार तीन कार्यकालसम्म नेकपा (एमाले) नजिकका धनप्रसाद लावतीको प्रभावमा रहेको यो संस्था शनिबार सम्पन्न निर्वाचनबाट नेपाली कांग्रेस–नेकपा (माओवादी) गठबन्धनको नेतृत्वमा गएको हो।
शनिबार सम्पन्न निर्वाचनमा कुल १ हजार ३३५ साधारण तथा आजीवन सदस्यमध्ये १ हजार ९५ मत खसेको थियो। २ निविदा मत अमान्य भएका थिए। प्रारम्भिक नतिजाअनुसार सदस्यतर्फ पनि गठबन्धनकै उम्मेदवार अघि रहेका छन्।
धनप्रसाद लावती यस संस्थाका दुवै दलसँग जोडिएका पात्र हुन्। उनी दुई कार्यकाल नेपाली कांग्रेसमै रहँदा अध्यक्ष बन्नु भयो,त्यसपछि एमाले प्रवेश गरेर लगातार तीन कार्यकाल भारी मतान्तरसहित जितनु भयो । यसपटक पनि नेतृत्वमा बस्ने इच्छा राख्नु भयो तर पार्टीले उम्मेदवारी फिर्ता गराएपछि उहाँ मैदानबाट हटनु भयो । यसैसँग संस्थाको नेतृत्व फेरि कांग्रेस–माओवादी गठबन्धनतर्फ फर्किएको छ।
निर्वाचनमा लोकतान्त्रिक प्यानलले सचिवबाहेक सम्पूर्ण पदाधिकारीमा विजय हासिल ग¥यो।
अध्यक्ष पदमा लोकतान्त्रिक समूहका मोहन ब कार्की ४८७ प्राप्त गरेर विजयी हुनु भयो । उहाँका निकटतम प्रतिद्वन्दी प्रगतिशील समूहका मन ब मगर–४२६ मत ल्याउनु भयो । यस्तै स्वतन्त्र उम्मेदवार किरण ओलिले–१४६ मत प्राप्त गर्नु भयो ।
प्रथम उपाध्यक्ष मा प्रेम जबेगु–६६८ मत ल्याएर विजयी हुनु भयो । प्रगतिशील समूहका उहाँका निकटतम प्रतिद्वन्दी ठाकुर ढकालले ३५९ ल्याएर पराजित बन्नु भयो ।
उपाध्यक्ष पदका प्रगतिशील समूह का कृष्ण बस्नेतले ४६२ मत ल्याएर उपविजेता बन्दा इन्द्र न्यौपाने ले ५२१ मत ल्याएर विजयी हुनु भयो ।
सचिवमा प्रगतिशील समूहका तेजप्रसाद भट्टराईले ५१९ मत प्राप्त गर्नु भयो भने उहाँका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समूहका धनकुमार ढकालले ५०३ मत प्राप्त गर्नु भयो । ढकाल यसअघि सो संस्थाको सचिव हुनुन्थ्यो ।
सह–सचिव– अग्नि राईले –५७२ का साथ विजयी हुनु भयो । उहाँका निकटतम प्रतिद्वन्दी देवि ब चेम्जुङ–४२८ मत प्राप्त गर्नु भयो ।
कोषाध्यक्ष पदमा चुनमाया दाहालले ५३२ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी रेणुका फुयालले ४८१ मत प्राप्त गर्नु भएको छ । पदाधिकारी तर्फ सर्वाधिक मत प्रथम उपाध्यक्ष प्रेमध्वज जबेगुले प्राप्त गर्नु भयो । उहाँले कुल खसेको मतको ६१ प्रतिशत मत प्राप्त गर्नु भएको छ ।
स्वतन्त्र पदका उम्मेदवार किरण ओलीले १४६ मत पाउनु भयो । यो मत सङ्ख्या अन्य दलको अनुमानभन्दा दोब्बर बढी हो। कतिपयले ओलीले ८० मत कटाउन नसक्ने दाबी गरेका थिए ।
राजनीतिक विश्लेषकहरूका अनुसार उहाँको उम्मेदवारीले एमाले पक्षको मत विभाजन ग¥यो र गठबन्धनलाई सहज बहुमत दिलाउन मद्दत पुर्यायो। युवापुस्ताको भोट पनि किरणतर्फ मोडिएको प्रारम्भिक विश्लेषण छ। स्वतन्त्र पदका उम्मेदवार का आफन्त करिब ४० जना दोमुखा पर्यटकीय विकास संस्थाका आजीवन सदस्य हुन्।
स्थानीय संस्थामा पनि राष्ट्रिय राजनीति झल्कियो । यो निर्वाचनले स्थानीय धार्मिक तथा पर्यटकीय संस्थामा पनि राष्ट्रिय स्तरको राजनीतिक समीकरणलाई प्रतिबिम्बित गरेको सामाजिक सञ्जालमा देखिन थालेको छ । कांग्रेस–माओवादी गठबन्धन मिलेर लड्दा र एमालेभित्र मत विभाजन हुँदा १२ वर्षपछि संस्थाको नेतृत्व बदलिएको अनुमान जो कोहीले पनि गर्न सक्छन् ।
विश्लेषकहरू भन्छन् ’यो नतिजा संस्थाभित्रको नेतृत्व मात्रै होइन । स्थानीय स्तरमा हुने राजनीतिक समीकरणको सन्देश पनि हो। गठबन्धन बलियो रहेसम्म एमालेलाई चुनौती मिल्न सक्छ तर नेतृत्वको क्षमता, सदस्यहरूको अपेक्षा पूरा गर्ने क्षमता सँगै आपसी तालमेल कत्तिको रहन्छ यसले आगामी स्थानीय तहको निर्वाचनको दिशा तय गर्नेछ।’









