राज्यका नियण्त्रणमा रहेका कारगारका कैदीबन्दी असुरसक्षित

दमक,१५ भदौ । मोरङमा राज्यको नियन्त्रणमा रहेका ८ जनाको ८ महिनाको अवधिमा मृत्यु भएको पाइएको छ । मानव अधिकारवादी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को तथ्यांक अनुसार मृत्यु हुनेमा १ महिला र ७ जना पुरुषको मृत्यु भएको छ । मोरङ कारागारमा रहेका ७ र जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका १ गरेर राज्यको नियन्त्रणमा रहेका ८ जनाको मृत्यु ८ महिनाको अवधिमा भएको इन्सेकले बताएको छ ।

पछिल्लोपटक कारागारमा रहेकी सुनसरीको बराहक्षेत्र नगरपालिका–६ की ३२ वर्षीया राधिका भट्टराई मृत फेला परेकी हुन् । महिला कारागारको शौचालयमा पासो लगाएर मृत्यु भएको अवस्थामा भदौ ११ गते शव फेला परेको थियो ।

कारागारमा रहेका मोरङको बेलबारी नगरपालिका–४ का सडसठी वर्षीय अम्बरबहादुर राईको २०८१ पुस २० गते मृत्यु भएको थियो भने त्यसयता कारागारमा रहेका ६ जनाको मृत्यु भइसकेको इन्सेक कोशी प्रदेशका प्रलेख अधिकृत पुण्यप्रसाद अधिकारीले बताउनु भयो । उहाँका अनुसार राज्यको सुरक्षा र नियन्त्रण घेरामा रहेकाहरुको निरन्तरको मृत्युले कारागार सुरक्षित भन्दा असुरक्षित हुँदै गएको पुष्टि भएको छ ।

मोरङ कारागारमा रहेका पथरीशनिश्चरे नगरपालिका–४ का ३८ वर्षीय जेठा भनिने जितबहादुर देवानको २०८१ फागुन २९ गते, उर्लाबारी नगरपालिका–१ का तिरचालीस वर्षीय मित्रकुमार दनुवारको २०८२ वैशाख १५ गते, रामेछापको दोरम्बाशैलुङ गाउँपालिका–२ का ५४ वर्षीय प्रविण तामाङको वैशाख २९ गते, सुनवर्षी नगरपालिका–२ का २४ वर्षीय उमेश दर्जीको गत असार १० गते र विराटनगर महानगरपालिका–५ का ४० वर्षीय सन्तोष पालको असार २५ गते कारागारमा मृत्यु भएको जानकारी अधिकारीले दिनु भयो ।

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका झापाको दमक नगरपालिका–१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको २०८२ जेठ २० गते मृत्यु भएको थियो । राज्यको नियन्त्रणमा रहेकाहरुको एकपछि अर्को मृत्यु हुँदै गएपछि इन्सेकसहित मानव अधिकारको क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिले शुक्रबार मोरङ कारागारको अनुगमन गर्नु भएको थियो। इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोखेरलको नेतृत्वमा बाल अधिकारकर्मी बासु अधिकारी, अधिकारकर्मी शोभा बजगाईसहितको टोलीले जिल्ला कारागारका जेलर गौरव ढुंगेलसँग कारागारको अवस्थाका बारेमा जानकारी लिएको थियो । महिला कैदी झुण्डिएको अवस्थामा मृत फेला परेसँगै अरु महिला कैदी तथा थुनुवाहरुमा भय सिर्जना भएको अनुगमनका क्रममा पाइएको छ । कारागारको नयाँ भवनमा कैदीहरुलाई स्थानान्तरण गरेपनि क्षमता भन्दा बढी कैदीबन्दी राख्नु परेका कारण समस्या हुने गरेको जेलर ढुंगेलले बताएका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले