सरकारद्धारा अब बैंक नोट बाहेकका सबै सरकारी कागजपत्र नेपालमै छापिने व्यवस्था

काठमाडौं,१५ भदौ । सरकारले अबदेखि बैंक नोट बाहेकका सबै किसिमका सरकारी कागजपत्र नेपालमै छाप्ने व्यवस्था गरेको छ ।

सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक टिकटदेखि लिएर लालपुर्जा, नागरिकता, राष्ट्रिय परिचयपत्र, स्मार्ट कार्ड र पासपोर्टसम्मका सबै कागजपत्र आगामी दिनमा नेपालकै सुरक्षा मुद्रण केन्द्रमार्फत छापिने जानकारी दिनु भएको छ । आइतबार आयोजित अठारौं पुस्तकालय दिवस २०८२ मूल समारोहमा बोल्दै मन्त्री गुरुङले अघिसम्म विदेशमा छापिँदै आएको हुलाक टिकटसमेत अबदेखि नेपालमै उत्पादन हुने बताउनु भएको छ ।

मन्त्री गुरुङका अनुसार हाल कर्मचारी अभावका कारण भिसा कार्ड, हुलाक टिकट र लालपुर्जा जनक शिक्षा सामग्री केन्द्रमार्फत छाप्न दिइएको छ । तर, १ साताभित्र आवश्यक कर्मचारी व्यवस्थापन भइसकेपछि यी सबै सामग्री सुरक्षण मुद्रण केन्द्रमै छापिने तयारी रहेको उहाँले स्पष्ट र्पानु भएको छ ।

उहाँले बैंक नोट छाप्न भने छुट्टै अत्याधुनिक मेसिन आवश्यक पर्ने भएकाले त्यसका लागि अझै विदेशमै निर्भर रहनुपर्ने बताउनु भयो । साथै, पासपोर्टसहितका महत्त्वपूर्ण कागजपत्र छाप्न मन्त्रालय, विभाग र सरकारसँग सम्बन्धित निकायहरुले समयमै सूचना तथा सञ्चार मन्त्रालयलाई जानकारी गराउनुपर्ने पनि उहाँले उल्लेख गर्नु भएको छ ।

‘परराष्ट्र मन्त्रालयले ६४ लाख पासपोर्ट छाप्नुपर्ने भनेको छ । यस्तो माग कम्तीमा ६ महिना अगाडि नै जानकारी गराउनुपर्छ । सुरक्षण मुद्रण ऐनअनुसार मन्त्रालय, विभाग तथा सरकारी निकायहरुले अनिवार्य रूपमा मन्त्रालयलाई जानकारी दिएर मात्रै कागजपत्र छाप्नुपर्ने व्यवस्था छ, मन्त्री गुरुङले भन्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकारहरुको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

दमक,१६ जेठ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पत्रकारका ११ वटा संगठन बीच आयोजित पत्रकारिताःहाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब

बजेटमार्फत विद्युतमा लगाइएको ५% भ्याट फिर्ता गर्न कुलमानको जोडदार माग

काठमाडौं,१६ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ता

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई

झापाको दमकमा बोराभित्र महिलाको शङ्कास्पद शव फेला

दमक, १६ जेठ । झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि

एभरेस्ट टुरिजम अवार्ड शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

काठमाडौं,१६ जेठ । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । पूर्वराष्ट्रपति डा।रामवरण यादवको

हदबन्दीसम्बन्धी कानुनी तत्काल सम्बोधन गर्न माग

काठमाडौं,१६ जेठ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ