डा. गोविन्द केसीको ४ बुँदे माग प्रस्तुत गर्दै अनशन सुरु

धनगढी,१५ भदौ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले आइतबारदेखि २३ औँ सत्याग्रह सुरु गर्नु भएको छ । उहाँले आफ्ना माग राख्दै धनगढीस्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अनशन थालनु भएको छ।

डा. केसीले ४ बुँदे माग प्रस्तुत गर्नु भएको छ। चिकित्सा शिक्षामा निजी कलेजहरूले अत्यधिक विद्यार्थी सिट वृद्धि गरेको निर्णय फिर्ता लिन, शुल्क वृद्धि नगर्न, तथा इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज सञ्चालन गर्नुपर्ने उहाँको प्रमुख माग छन् । साथै, गेटा मेडिकल विश्वविद्यालयमा तत्काल पूर्ण क्षमतामा अस्पताल सेवा र शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने माग पनि राखिएको छ ।

उहाँले एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान तथा विश्वविद्यालयका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी ऐन पारित गर्न र त्यसअनुसार मेडिकल शिक्षालाई गैरनाफामूलक बनाउने, सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा दरबन्दी वृद्धि गर्ने लगायतका पहलहरू लागू गर्न सरकारसँग माग गर्नु भएको छ। डा. केसीले राष्ट्रिय सुरक्षा र क्षेत्रीय विषयमा समेत माग राख्दै लिपुलेकमा अतिक्रमण बन्द गरी नेपालको अतिक्रमित भूमि फिर्ता गर्न भारतसँग र सो कार्यको सुनिश्चितता गर्न नेपाल सरकारसँग आग्रह गर्नु भएको छ ।

यसबाहेक उहाँले युक्रेन र गाजामा जारी नरसंहारकारी युद्ध तुरुन्त बन्द गर्न रुस र इजरायल समक्ष माग राख्नु भएको छ । उहाँको यो सत्याग्रहले चिकित्सा शिक्षा सुधारका साथै सामाजिक र अन्तर्राष्ट्रिय न्यायका विषयमा पनि ध्यानाकर्षण गर्ने विश्वास व्यक्त गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले