दमक राधाकृष्ण रथयात्रा

दमकको रथयात्रामा आकर्षण घटेको निष्कर्ष

अघिल्ला वर्ष दमकमा भएका सबै संघसंस्थाको पहिचान सहित प्रभावकारी उपस्थिती हुने गरेको भएपनी योपटक त्यस्तो नदेखिएको निष्कर्ष भेलाको छ ।

दमक । १७ भदौ । हरेक वर्षको कृष्ण जन्माष्टमिको भोलिपल्ट दमकमा निकालिदै आएको श्रीकृष्ण रथ यात्रामा अघीला वर्षको भन्दा यो वर्ष आकर्षण घटेको निष्कर्ष निकालीएको छ ।

 

सोमबार दमक ७ स्थित राधाकृष्ण मन्दिरको परिसरमा भएको बृहत् भेलाले रथयात्रामा सस्थागत उपस्थिति कमजोर रहेको निष्कर्ष निकालेको हो ।

 

अघिल्ला वर्ष दमकमा भएका सबै संघसंस्थाको पहिचान सहित प्रभावकारी उपस्थिती हुने गरेको भएपनी योपटक त्यस्तो नदेखिएको निष्कर्ष भेलाको छ । यसकालागि कसरी आकर्षित बनाउने भन्नेबारेमा पनि घनिभुत छलफल भएका छन । विभिन्न कोणबाट सुझाब आयोजक समितिलाई मिलेको छ ।

 

यसैबिच आफ्ना कुरा राख्दै रथयात्राको संरक्षक दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले विभिन्न तीन बिकल्पको प्रयोग गर्न सुझाब दिनुभएको छ ।

 

रथयात्रामा सर्वसाधारणको उपस्थिति उल्लेख्य भएपनि सस्थागत उपस्थिती बढाउन नगर प्रमुख थापाले रथलाई तानेर एकोहोरो हिडिमात्र नराख्ने, ठाउँ ठाउमा विभिन्न कार्यक्रम राख्ने, ती कार्यक्रमलाई सृजनशिल बनाउन संघ सस्थालाईनै सकृय बनाउने, रथयात्रा सुरु गर्नुअघी बालिने महाआरतीमा सर्वसाधारणलाई पनि सहभागी गराउने, नगर प्रहरी सहित, नेपाला प्रहरी , शशस्त्र प्रहरी सहितको टोलीबाट रथलाई सलामी कार्यक्रम गर्ने जस्ता कार्यक्रम गरेर सस्थागत सहभागीता अझ प्रभावकारी बनाउन सकिने सुझाब उहाको छ ।

 

 

रथ राख्ने ठाउँ साघुरो भएको, रथको आकार अझ बढाउन, शृंगारलाई अझ आकर्षक बनाउन, सडकका जटिलता हटाउन र रथलाई सके सम्म अगाडी र अन्य सहभागीलाई रथको पछाडी राखी रथयात्रा सन्चालन गर्न पनि सहभागिहरुले सुझाब दिएका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले