दमक राधाकृष्ण रथयात्रा

दमकको रथयात्रामा आकर्षण घटेको निष्कर्ष

अघिल्ला वर्ष दमकमा भएका सबै संघसंस्थाको पहिचान सहित प्रभावकारी उपस्थिती हुने गरेको भएपनी योपटक त्यस्तो नदेखिएको निष्कर्ष भेलाको छ ।

दमक । १७ भदौ । हरेक वर्षको कृष्ण जन्माष्टमिको भोलिपल्ट दमकमा निकालिदै आएको श्रीकृष्ण रथ यात्रामा अघीला वर्षको भन्दा यो वर्ष आकर्षण घटेको निष्कर्ष निकालीएको छ ।

 

सोमबार दमक ७ स्थित राधाकृष्ण मन्दिरको परिसरमा भएको बृहत् भेलाले रथयात्रामा सस्थागत उपस्थिति कमजोर रहेको निष्कर्ष निकालेको हो ।

 

अघिल्ला वर्ष दमकमा भएका सबै संघसंस्थाको पहिचान सहित प्रभावकारी उपस्थिती हुने गरेको भएपनी योपटक त्यस्तो नदेखिएको निष्कर्ष भेलाको छ । यसकालागि कसरी आकर्षित बनाउने भन्नेबारेमा पनि घनिभुत छलफल भएका छन । विभिन्न कोणबाट सुझाब आयोजक समितिलाई मिलेको छ ।

 

यसैबिच आफ्ना कुरा राख्दै रथयात्राको संरक्षक दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले विभिन्न तीन बिकल्पको प्रयोग गर्न सुझाब दिनुभएको छ ।

 

रथयात्रामा सर्वसाधारणको उपस्थिति उल्लेख्य भएपनि सस्थागत उपस्थिती बढाउन नगर प्रमुख थापाले रथलाई तानेर एकोहोरो हिडिमात्र नराख्ने, ठाउँ ठाउमा विभिन्न कार्यक्रम राख्ने, ती कार्यक्रमलाई सृजनशिल बनाउन संघ सस्थालाईनै सकृय बनाउने, रथयात्रा सुरु गर्नुअघी बालिने महाआरतीमा सर्वसाधारणलाई पनि सहभागी गराउने, नगर प्रहरी सहित, नेपाला प्रहरी , शशस्त्र प्रहरी सहितको टोलीबाट रथलाई सलामी कार्यक्रम गर्ने जस्ता कार्यक्रम गरेर सस्थागत सहभागीता अझ प्रभावकारी बनाउन सकिने सुझाब उहाको छ ।

 

 

रथ राख्ने ठाउँ साघुरो भएको, रथको आकार अझ बढाउन, शृंगारलाई अझ आकर्षक बनाउन, सडकका जटिलता हटाउन र रथलाई सके सम्म अगाडी र अन्य सहभागीलाई रथको पछाडी राखी रथयात्रा सन्चालन गर्न पनि सहभागिहरुले सुझाब दिएका थिए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा हावाहुरी : कहाँ कहाँ कस्तो असर र क्षती? पुर्व विवरण सहित

दमक, १२ जेष्ठ | गएराति वर्षासँगै आएको तीव्र हावाहुरीका कारण झापाका गौरादह, हल्दिबारी, दमक, बिर्तामोड तथा मेचीनगर क्षेत्रमा व्यापक भौतिक क्षति पुगेको छ । विभिन्न

देशमा बादर आतङकको ठुलो बहस,के बादरलाइ मार्नु नै अन्तिम बिकल्प हो त ?

नेपालका धेरै गाउँ–सहरमा अहिले बादर आतंक एउटा ठूलो र जटिल समस्याका रूपमा देखा परेको छ। किसानले दुःख गरी लगाएको मकै, धान, गहुँ, आलु र तरकारीदेखि

नागरिकको जीवनस्तर उकास्न र सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको दाबी

काठमाडौं,१२ जेठ ।प्रधानमन्त्री वालेन्द्र शाहले वास्तविक र देखिने गरी नेपाली नागरिकको दैनिक जीवनस्तर उकास्न आफू नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

देशको अर्थतन्त्र मजबुत बनाउन स्थिर कर नीति र दीर्घकालीन कर्जा आवश्यकः धमला

काठमाडौं,१२ जेठ । डेरी एसोसिएसन नेपालका उपाध्यक्ष दीप प्रसाद धमलाले देशको अर्थतन्त्रलाई मजबुत बनाउन आन्तरिक उत्पादनको संरक्षण, स्थिर कर नीति र दीर्घकालीन कर्जा सुविधाको आवश्यकता

प्रधानमन्त्री महिनामा एक पटक संसदमा अनिवार्य उपस्थित हुनुपर्छः पद्मा अर्याल

काठमाडौं,१२ जेठ । नेकपा एमालेकी सांसद पद्मा अर्याल ले संसद प्रतिपक्षीको भएकाले प्रतिपक्षी दलले जनताको पक्षमा अधिकतम रूपमा संसदको उपयोग गर्नुपर्ने बताउनु भएको छ ।