चाडपर्वलक्षित भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालन हुने

दमक,१७ भदौ । सरकारले दसैँ, तिहार र छठ पर्वलाई लक्षित भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।कोशी प्रदेशका ११ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुने छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सञ्चालन गर्ने यी पसलहरूबाट उपभोक्ताले विभिन्न खाद्यान्नमा प्रतिकिलो २ देखि १० रुपैयाँसम्म छुट पाउने व्यवस्था छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कोशी प्रदेशको झापास्थित बिर्तामोड, ताप्लेजुङ, मोरङको विराटनगर, भोजपुर, संखुवासभाको सदरमुकाम र भोटखोला गाउँपालिकाको हटियागोला, सोलुखुम्बु, ओखलढुंगाको सदरमुकाम र चम्पादेवी गाउँपालिकाको कालिका खरिद बिक्री केन्द्र तथा खोटाङको शाखा कार्यालयबाट सुपथ मूल्य पसल सञ्चालन हुने छ । खाद्य कम्पनीले देशभर १११ र साल्ट ट्रेडिङ कर्पोरेसनले ३८ स्थानमा यस्ता पसलहरू खोल्ने छ ।

कम्पनीका बिक्री वितरण विभागका प्रमुख भीमबहादुर थापाका अनुसार, मन्त्रालयले गत भदौ ८ गते नै सुपथ मूल्य पसल सञ्चालन गर्ने प्रस्ताव स्वीकृत गरिसकेको हो । चाडपर्वको समयमा उपभोक्तालाई राहत दिन विभिन्न खाद्यान्नमा छुटको व्यवस्था गरिएको उहाँले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकारहरुको हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम

दमक,१६ जेठ । दमक ८ स्थित कस्मिक पार्टी प्यालेसमा नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा पत्रकारका ११ वटा संगठन बीच आयोजित पत्रकारिताःहाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब

बजेटमार्फत विद्युतमा लगाइएको ५% भ्याट फिर्ता गर्न कुलमानको जोडदार माग

काठमाडौं,१६ जेठ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट मार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्ता

सरकारले ल्याएको बजेटको प्रसाईंद्वारा कडा आलोचना

काठमाडौं,१६ जेठ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै वर्तमान सरकारले ल्याएको बजेटको कडा आलोचना गर्नु भएको छ। उहाँले बजेट गरिबको लागि नभई

झापाको दमकमा बोराभित्र महिलाको शङ्कास्पद शव फेला

दमक, १६ जेठ । झापाको दमकमा बोराभित्र बाँधिएको अवस्थामा एक महिलाको शङ्कास्पद शव फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि

एभरेस्ट टुरिजम अवार्ड शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

काठमाडौं,१६ जेठ । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरिएको छ । पूर्वराष्ट्रपति डा।रामवरण यादवको

हदबन्दीसम्बन्धी कानुनी तत्काल सम्बोधन गर्न माग

काठमाडौं,१६ जेठ । नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णु प्रसाद घिमिरेले हदबन्दीसम्बन्धी कानुनी जटिलताका कारण घरजग्गा तथा आवास क्षेत्रमा करिब दुई खर्ब रुपैंयाँ