ताप्लेजुङको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

ताप्लेजुङ, १७ भदौ । ताप्लेजुङमा सरकारी तथा गैर सरकारी निकायका कार्यसम्पादनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । जिल्लास्तरीय वार्षिक समीक्षा कार्यक्रममा सेवा प्रदायक निकायले गर्ने कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन छलफल भएको थियो ।

जिल्ला समन्वय समितिको आयोजनामा आइतबार र सोमबार भएको दुई दिने वार्षिक समीक्षा तथा असल अभ्यास आदानप्रदान कार्यक्रममा कार्यसम्पादनका विषयकेन्द्रित छलफल भएको हो । हालसम्म कामको समीक्षाका आधारमा सेवाप्रदायक निकायले कार्यसम्पादनलाई थप बलियो र प्रभावकारी बनाउने विषयमा छलफल भएको जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाले जानकारी दिनुभयो ।

प्रमुख लामाका अनुसार समीक्षा कार्यक्रममा सेवा प्रदायक तथा सम्बन्धित सरोकारवाला निकायले आगामी दिनको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड दिइएको हो । कार्यसम्पादनलाई बलियो र प्रभावकारी बनाउन कुनै पनि निकायबाट भएको असल अभ्यास वा कामको अनुसरण गर्न आवश्यक हुने कार्यक्रममा छलफल भएको हो।

एकअर्काका असल अभ्यासको प्रयोग सिकाइको मुख्य पक्ष हुने र सिकाइकै माध्यमबाट आगामी दिनमा कार्य सम्पादनलाई प्रभावकारी बनाउन सकिने विषयमा सबैको बुझाइमा एकरुपता भएको जिसस प्रमुख लामाले बताउनुभयो । प्रतिनिधिसभा सदस्य लीलादेवी बोखिमले आइतबार उद्घाटन गर्नुभएको वार्षिक समीक्षा कार्यक्रममा जिल्लास्थित सङ्घ तथा प्रदेश मातहतका कार्यालय, स्थानीय तह र विभिन्न गैर सरकारी सङ्घ संस्थाहरुले गरेको कामको समीक्षा गरिएको थियो ।

सोमबार सकिएको समीक्षा कार्यक्रममा सरकारी कार्यालय तथा गैर सरकारी संस्थाहरुले गएको आर्थिक वर्ष २०८१–८२ मा गरेको कार्यक्रम तथा बजेट परिचालनको विवरण प्रस्तुत गरेका थिए । कार्यक्रमको समीक्षा प्रस्तुतिसँगै चुनौती, अवसर र समाधानका विकल्पसम्बन्धी सामूहिक छलफल भएको जिल्ला समन्वय समितिले बताएको छ ।
कुनै पनि चुनौती आइपरे त्यसको सहज समाधान खोज्नमा सहयोग पुगोस् भन्ने उद्देश्यसहित वार्षिक समीक्षा मात्र नभई असल अभ्यास आदानप्रदान गर्ने कार्यक्रम राखिएको जिल्ला समन्वय अधिकारी डम्बरबहादुर जिसीले बताउनुभयो ।

समीक्षामा फुङ्लिङ नगरप्रमुख अमिर मादेन, जिल्ला समन्वय समिति उपप्रमुख कृष्णप्रसाद लिङ्खिम, स्थानीय तहका पदाधिकारीहरु, प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँसहित सरोकारवाला सरकारी र गैर सरकारी निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । जिल्लास्तरीय वार्षिक समीक्षासँगै राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ ताप्लेजुङको सार्वजनिक सुनुवाइ तथा सार्वजनिकीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले