धनकुटाबाट अलैंची निकासी

धनकुटा ,१७ भदौ । आर्थिक वर्ष २०८१–०८२ मा धनकुटाबाट ८ करोड ५० लाख मूल्य बराबरको अलैंची निकासी भएको छ । धनकुटामा गत वर्ष १२७ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ४० मेट्रिटन अलैंची उत्पादन भएको कृषि ज्ञान केन्द्र धनकुटाले बताएको छ ।

 

बितेको आर्थिक वर्षमा करिब ७५ हजार रुपियाँदेखि ९५ हजार रुपियाँ प्रतिमनमा अलैंची खरीद बिक्री भएको थियो । अघिल्लो आर्थिक वर्षमा भने धनकुटामा २०८०–०८१ मा करिब ३४ दशमलब ८ मेट्रिटन अलैंची उत्पादन हुँदा करिब ७ करोड ४६ लाख मूल्य बराबरको अलैंची निकासी भएको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्रबहादुर रानाले जानकारी दिनुभयो । यो आर्थिक वर्ष धनकुटामा करिब ५ दशमलब २ मेट्रिकटनले उत्पादन बढ्दा निर्यात करिब एक करोड चार लाख रुपियाँले बढेको छ ।

 

विदेशी मुद्रा आर्जनको माध्यम रहेको अलैंची खेतीमा केही वर्ष पहिलेदेखि लागेको छिर्के, फुर्के, गानो कुहिने, बोट सुक्ने, दाना नलाग्ने रोग तथा मूल्यमा आएको गिरावटका कारण निराश बन्दै गएका किसानलाई अहिले अलैंचीको मूल्यमा आएको सुधारले राहत दिएको र अघिल्लो वर्षको तुलनामा यस वर्ष उत्पादन र मूल्य दुबैमा वृद्धि भएको ज्ञान केन्द्रले बताएको छ ।

 

अघिल्लो वर्ष केन्द्रले बगान व्यवस्थापन अन्तर्गत उचाइ अनुसार उपयुक्त जातको छनोट, नर्सरी स्थापना, उचित सिँचाइ व्यवस्थापन, मल्चिङ, जैविक मलको सन्तुलित प्रयोग, छायाँ व्यवस्थापन र रोग–कीरा नियन्त्रण जस्ता विषयमा किसानलाई प्राविधिक र व्यावथापनका लागि सहयोग गर्दै आएको थियो। धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका, पाख्रिवास नगरपालिका, साँगुरीगढी गाउँपालिका तथा छथर जोरपाटी गाउँपालिकामा अलैंचीको व्यावसायिक खेती हुने गरेको पाहिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले