लागूऔषधसहित सशस्त्र प्रहरी हवल्दार पक्राउ, लागूऔषध नियन्त्रण लिने क्रममा २ जना प्रहरी घाइते

मोरङ,१८ भदौ । लागूऔषधसहित एकजना सशस्त्र प्रहरी हवल्दार पक्राउ र्पनु भएको छ ।
गएराति ८ बजे मोरङको रतुवामाई नगरपालिका १ चुनीमारीस्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३ गण हे.क्वा. कंकालीनी मोरङ दरबन्दी भई सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म बरडंगा मोरङमा कार्यरत पर्सा बिरगंज ७ रानीघाट बस्ने ३४ वर्षीय सशस्त्र प्रहरी हवल्दार मनिस गिरी लागूऔषधसहित पक्राउ पर्नुभएको छ ।
उहाँ सुत्ने ओछ्यानको सिरानीमुनि खुकुरी चुरोटको बट्टाभित्र कालो रंगको प्लाष्टिकमा लुकाई छिपाई राखेको अबस्थामा प्लाष्टिकसहित ४८० मिलिग्राम ब्राउनसुगर फेला परेको हो । उहाँलाई लागूऔषधसहित नियन्त्रणमा लिई आबश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय सिजुवामा राखिएको प्रहरीले जनाएको छ ।
त्यस्तै मोरङमै लागूऔषध नियन्त्रणमा लिने क्रममा २ जना प्रहरी घाइते भएका छन् ।
गएराति ९ः२० बजे सुनवर्षी नगरपालिका ९ भेरुवाथानबाट उत्तरतर्फ भित्री रोडमा इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी निरीक्षक नरेन्द्रकुमार बोगटीको कमाण्डमा खटिएको प्रहरी टोलीले बीआर११ भी६७३४ नं. को भारतीय मोटरसाइकलमा सवार दुई जनामाथि शंका लागेर रोक्न खोज्दा नरोकेपछि प्र.१–०२–०४५ प ३३९२ नं. को मोटरसाइकलमा चढेर पिछा गर्दै जाँदा दुई वटै मोटरसाइकल ठक्कर खाई धानवारीमा लड्दा दुईजना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरुमा प्रहरी चौकी घुर्मी उदयपुर दरबन्दी भएका प्रहरी सहायक हवल्दार धर्मध्वज कार्की र उच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई फैसला कार्यान्वयन इलाम दरबन्दी भएका प्रहरी सहायक हवल्दार किरण अधिकारी  रहेका छन्।
घाइते भएका दुबै प्रहरीहरु रंगेली अस्पताल रंगेलीमा उपचारपश्चात् डिस्चार्ज भएका छन् । उनीहरुको मोवाईल पानीमा झरेर क्षति भएको छ । उक्त भारतीय मोटरसाइकलमा सवार मानिसहरु फरार भएका छन् भने मोटरसाइकलबाट ट्रामाडोल क्याप्सुल १७,९४० थान फेला परेको छ । सो भारतीय मोटरसाइकल नियन्त्रणमा लिई इप्रका रंगेलीमा राखिएको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले