दमक, १९ भदौ । पाखुरामा दम छ । केहि टोली दादाहरु तपाईको साथमा छ भने दमकमा नहुने काम पनि हुन सक्छ । अरुको सम्पत्ती पनि आफ्नो बनाउन सकिने रहेछ भन्ने तथ्यहरु खोलीदै गएका छन् । अझ यस्ता धन्दा चलाउन राजनैतिक पहुँच र नेतृत्वलाई प्रभावीत र विस्वासमा पार्न सकियो भने त गज्जवै धन्दा चलाउन पनि दमकमा सकिन्छ भन्ने उदाहरण केहि समय अघीको बालुवाटार काण्डले पनि प्रष्ट पारिसकेकोनै छ । आज हामी यो रिपोर्टमा अर्को यस्तै घटनाको बारेमा विस्तृत जानकारी गराउँदै छौ ।
सबै भन्दा पहिला दमक नगरपापिलकाको दलानमा बुधबार एकजना महिला रोहि कराई गरेको भिडियो भाईरल बन्यो । यत्र तत्र सामाजीक सञ्जालमा आयो । त्यहाँ बोलीएका एक पक्षीय अभिव्यक्तिले एक पक्षीय मतनै सिर्जना गर्यो । खासमा बुधबार ती महिलाले के का लागी रोहि कराई गरेर डको छेडेर रुनु परेको थियो यो हेरौ ।
उहाँले भिडियोमा भनेजस्तै गरि दमक २ मा उहाँको जग्गा छ । सो जग्गामा घारबाटो सिफारीस चाइयो । जग्गामा बाटो भएको प्रमाणीत वार्ड कार्यालयले गरिदिन पर्यो । उहाँको खास माग यहीनै हो । तर किन वार्ड कार्यालयले उहाँको जग्गामा घरबाटो सिफारीस गरेन भन्ने कुरा बुझ्ने हेक्का कसैले राखेको पाइएन ।
त्यसपछि उज्यालो खवरको टिम ती महिलाले साँच्चै पाउनु पार्ने अधिकार पनि नपाएकै हो त भनेर उहाँले भनेको जग्गामा गएर स्थलगत अध्ययन गर्यो । उहाँको जग्गा बस्तिको बिचमा रहेछ । वर पारका बाटाहरु उहाँकै जमिनमा आएर टुङ्गीएका रहेछन् । अनी हामीले केहि स्थानीयबासीलाई पनि सोध्यौ । यहाँ सम्म मात्रै बाटो ल्याएर किन टुङ्गइएको अझ अगाडी सम्म लगेको भए अहिले यहाँ यो तहको विवाद नआउने थियो नी भन्दा झण्डै हामी माथीनै खनिनु भयो । उहाँहरुले यस ठाउँको जग्गाको प्रष्ठभूमि बताउँदै भन्नु भयो हाम्रा जग्गा हडपेर निकालीएको यो जमिनमा हामी बाटो लैजान दिदैनौ । कुन वार्डले कसरी सिफारिस गर्दोे रहेछ हामी पनि हेछौ । ’ उहाहाँहरुको आक्रोसले यहाँको जमिनबारेमा अझ कौतहलता बढायो ।
कमल गाउँपालिकाका शर्मिला राई, गिरेन्द्र मगर र दर्पण मगरको जग्गा छ । उनीहरुले यहाँका स्थानीयको जग्गा समेत दादागिरी शैलीमा हडपेका रहेछन । स्थानीयले उज्यालो खवरलाई दिएको प्रतिकृया अनुसार यही ठाउँमा वर्षौ देखी बस्दै आउनु भएकी बिष्णु शारु, गंगा राई लगायतको जमिन जर्वजस्त हडपेको । धम्की दिएर छोड्न बाध्य बनाइएको रहेछ ।
अहिले यी लगायत अन्य गाउलेहरुले आफुहरुसग सहमतीमा नआए र चित्त बुझ्दो व्यवहार नगरे उनीहरुको जग्गामा बाटो जाननै नदिने भन्दै अडान लिएर बसेका छन् । अनी बुधबार दमक नगरपालिकामा गएर चर्का स्वरमा रोनाधोना गर्नेहरु शर्मीला राई लगायतको जग्गामा बाटोनै नदेखिएकोले बाटो रहेको सिफारिस गर्न नसकिएको दमक नगरपालिकाका शर्वेक्षक भोजराज दुलालले जानकारी दिनुभयो । सर्वेक्षकको यो भनाईपनि हेरौ ।
अनि यस्तो जमिनमा जहाँ बाटोनै छैन कसरी सिफारिस दिनु ? दमक नगरपालिका वार्ड २ का वार्ड अध्यक्ष प्रजापति सापकोटा भन्नु हुन्छ ‘हामीले त फिल्डमा जे छ त्यहि कुराको सिफारीस गर्ने हो । प्रमाणीत गरिदिने हो । फिल्डमा नभएको कुरा चिच्याउँदा, गाली गर्दा मिल्छ र ? भन्दै प्रतिप्रश्न गर्नु हुन्छ ।
हुल्दंगा गर्ने । भीड जम्मा पार्ने । ठुला आवाजमा नारा जुलूस लगाउने । अनी गल्तीलाई पनि सहि हो भन्ने भाष्य निर्माण गराउन खोज्नेको जमात अहिले नेपाली समाजमा बढ्न थालेको छ । यसको सिकार कुनै न कुनै दिन आम नागरिक बन्नु नै पर्ने छ । त्यसैले कानुनी राज्यमा कानुनको पालना सबैले गर्नु पर्छ । जजस्को हडपीएको जमिन छ त्यो निसर्त फिर्ता भएर न्यायोचीत समाज निर्माण गर्नु पर्छ । जग्गा हो ।
नापचाँजमा कहिलेकाही तलमाथी हुन्छ । जग्गा कहिलै नमिल्ने तर मन मिलाएर बस्ने हो भने यो समस्याको समाधान हुने देखिएको छ । तर सबैले आ आफ्नो लिडे ढिपी चाहि छोडेर सहमती ,सहकार्य र सदभावको विकास चाहि गर्न आवश्यक देखिएको छ ।









