सिर्जना सम्मान

दमक–६ काे काव्यबाटिका : सर्जकले वाचन गरे सशक्त रचना

पठन संस्कृति विकास गर्न र बसेर पुस्तक पढ्ने अभ्यास गराउन यो काव्य टिका स्थापना गरिएको हो । यहाँ आएर अव जोसुकैले पनि आफूलाई मन लागेको बेला सम्म बसेर उपलब्ध पुस्तकहरु पढेर बस्न सक्छन् ।

दमक, २० भदौ । ओम खनालले रचना वाचन गरेको यो स्थल कुनै साहित्यिक मञ्च हैन । अनि कुनै साहित्यिक महोत्सव पनि हैन । यो त दमक नगरपालका वार्ड नं ६ ले निर्माण गरेको काव्य बाटिका हो । त्यो पनि वार्ड कार्यालय परिसरमै । अव यहाँ साहित्यमा रुची हुनेहरु भेला भएर आउने, रचना वाचन गर्ने र सन्देश प्रवाह गर्ने काम जतिबेलै पनि गर्न सक्छन् ।

दमक ६ ले साहित्य र सिर्जनालाई प्रर्वधन गर्नकालागी यस खालको मञ्च स्थापना गरेको जनाएको छ । पुस्तक सहितको वाचानालाय , काव्य बाटिका सबै थोक सुविधा सहित वार्डले स्थापना गरेको यो संरचना कला, साहित्य र सिर्जना प्रर्वधन गर्न किन आवश्यक छ भन्ने चेत भएकोले मात्रै गर्न सक्ने भन्दै यसको अधिकतम प्रयोग गर्न साहित्यकार खेमनाथ पोखरेलले बताउनु भयो ।

 

पठन संस्कृति विकास गर्न र बसेर पुस्तक पढ्ने अभ्यास गराउन यो काव्य टिका स्थापना गरिएको हो । यहाँ आएर अव जोसुकैले पनि आफूलाई मन लागेको बेला सम्म बसेर उपलब्ध पुस्तकहरु पढेर बस्न सक्छन् । नयाँ अध्ययन र खोज गर्न सक्छन् । यो नयाँ पुस्ताका लागी पनि आकर्षण गराउन सके यसको प्रभाव अझ बढेर जान सक्ने साहित्य कला संगम दमकका अध्यक्ष बिन्दु दाहाल मुकदर्शकले जानकारी दिनुभयो ।

दमक नगरपालिकाले यस अघी प्रज्ञा प्रतिस्ठान गठन गरेको थियो । तर नगरपालिकामा नयाँ नेतृत्व आएसगै त्यो निष्कृय बन्यो । त्यसलाई व्यूताउने काम हुन सकेन । यदी सो प्रतिष्ठान थियो भने यसखालाका सबै गतिविधि त्यहि प्रतिष्ठान मार्फत हुने थीए भन्दै चिन्ता व्यक्त गर्नु हुन्छ दमक प्रज्ञा प्रतिस्ठानका अध्यक्ष हेम अधिकारी ।

 

समाज अझ सिर्जनशिल बनोस । सकरात्मक बनोस । अध्ययनशिल बनोस । अनी चिन्तन गर्न सक्ने बनोस भन्न दमक नगरपालिका वार्ड नं ६ ले यो खालको काव्य बाटिका खोलेको वार्ड अध्यक्ष टेक बहादुर थापाले जानकारी दिनुभयो ।

समाजलाई सकरात्मक र सिर्जनश बनाउन वार्ड स्तरबाट भएको यो पहल सराहनीय रहेको भन्दै कार्यक्रममा सहभागीहरुले वार्ड र वार्डका अध्यक्ष प्रति आभार व्यक्त गरेका थीए । यो काव्य बाटिकाको बिहिबार औपचारीक कार्यक्रम गरि उद्धघाटन गरिएको थियो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले