संस्था सुधार्ने प्रयास

शेयर सदस्य घटाउने योजनामा शिखा बचत तथा ऋण सहकारी संस्था

साधारणसभाले विगतका कमजोरी सुधार्दै आगामी वर्ष सहकारीलाई अझ सुदृढ बनाउने संकल्प गरेको छ ।

दमक, २० भदौ ।    झापाको दमकमा रहेको शिखा बचत तथा ऋण सहकारी सस्थाले शेयर सदस्य सख्या घटाउने योजना अघी सारेको छ ।

 

 

सस्थाको बिहिबार सम्पन्न १४ औ साधारणसभामा सार्वजनीक प्रतिवेदन अनुसार गत वर्ष २८९५ रहेको शेयर सदस्य घटेर यस वर्ष २७४२ मा झरेका छन्। आगामी वर्षलाई अझ घटाएर २ हजार ५ सय पुर्याउने लक्ष राखेको छ ।

 

 

यस वर्षको शेयरपूँजी भने २ करोड ७१ लाख ५६ हजार ८०० रहेको छ भने आगामी वर्ष ३ करोड ५० लाख पुर्‍याउने लक्ष्य राखिएको छ।

 

 

 

ऋण लगानी गत वर्षको २३ करोड ४ लाखबाट बढ्दै यस वर्ष ३० करोड ६९ लाख पुगेको छ। निक्षेप पनि ३० करोड ७५ लाख नाघेको छ।

 

 

अध्यक्ष श्रेष्ठ सहकारीले ७० प्रतिशत लगानी विषयगत क्षेत्रमा र ३० प्रतिशत उत्पादन तथा व्यावसायिक क्षेत्रमा पुर्‍याउने प्रस्ताव प्रस्तुत गर्नुभयो। लेखा संयोजक विवेक मैनालीले बचत तथा ऋणलाई संस्थाको मेरुदण्ड मान्दै नियमअनुसार संचालन भएको बताउनु भयो ।

 

 

साधारणसभाले विगतका कमजोरी सुधार्दै आगामी वर्ष सहकारीलाई अझ सुदृढ बनाउने संकल्प गरेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले