पठन संस्कृतिको विकासमा जोड

उज्यालो खबरका सम्पादक तिम्सिना सम्मानित

दमक, २१ भदौ / उज्यालो खबरका सम्पादक एवम् सर्जक भूपेन्द्रराज तिम्सिनालाई नेपाल लाइब्रेरी फाउण्डेशन् नेपाल झापा शाखाले सम्मानित गरेको छ ।

 

१८ औं पुस्तकालय दिवसका अवसरमा फाउण्डेशनको गृह पुस्तकालयले दमकस्थित जीवनचक्र समाजको कार्यालयमा आयोजना गरेको साहित्यिक कार्यक्रममाझ तिम्सिनालाई सम्मानित गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि दमक प्रज्ञा प्रतिष्ठानका संस्थापक अध्यक्ष हेमनाथ अधिकारी, फाउण्डेशन झापा अध्यक्ष डा. लेखनाथ न्यौपाने, साहित्य कला संगमका अध्यक्ष बिन्दु दहाल मूकदर्शकसहितले दोसल्ला र सम्मानपत्रले सम्मानित गर्नुभयो ।

 

मोरङको पथरी शनिश्चरे घर भई विगत ३० वर्षदेखि पत्रकारिता, साहित्य र कलाकारितामा शालिन र इमान्दारितापूर्वक सक्रिय रहेकोप्रति तिम्सिनालाई सम्मानित गरिएको उल्लेख छ । आफ्‌नो रचनासहित मन्तव्य राख्दै तिम्सिनाले आफ्‌नो पत्रकारिता र सृजना यात्रामा दमकसंग १५ वर्ष प्रत्यक्ष संलग्न रहेर समाज रुपान्तरणको कोशिस गरिरहेको जनाउनु भयो ।

 

कार्यक्रममा, प्रमुख अतिथि अधिकारीले समाजमा पठन संस्कृतिको विकास आजको आवश्यकता रहेको चर्चा गर्दै फाउण्डेशनले पनि रचना वाचनसंगै पढ्ने कुराको बानी गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नु भयो । पठन संस्कृतिको विकासमा टेवा पुर्‍याउन उहाँले संस्थालाई २ दर्जन बढी पुस्तक हस्तान्तरण गर्नुभयो । उहाँसंगसंगै शान्तप्रसाद भट्टराई, बाबुराम न्यौपानेले पनि पुस्तक हस्तान्तरण गर्नुभयो ।
पठन संस्कृतिको विस्तारका क्रममा मेघनाथ बन्धुले हेमनाथ अधिकारीको नियात्रा संग्रह ‘उत्तरी ध्रुवतिर बरालिँदा’, विष्णु न्यौपानेले भवानी खतिवडाको नियात्रा संग्रह ‘प्रणाम सगरमाथा’ र गोपाल दहालले दुर्गा काफ्‌लेको उपन्यास ‘चाँदनी’को समीक्षात्मक टिप्पणी गर्नुभयो ।

 

कार्यक्रममाझ झाँक्रीखोले, कृष्ण उदासी, विवेक क्षेत्री दुलाल, दुर्गा काफ्‌ले, बाबुराम न्यौपानेसहितले रचना वाचन गर्नुभयो । कार्यक्रमका अध्यक्ष डा.लेखनाथ न्यौपानले पठन संस्कृतिको विकासमा संस्थाले कदम अघि बढाउँदै जाने लक्ष्यका बारेमा जानकारी गराउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

धार्मिक र सांस्कृतिक महत्वका साथ देशभर साउने सङ्क्रान्तिको रौनक

काठमाडौं,१ साउन । सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति आज देशभर स्नान, दान, पूजा–आराधना तथा लुतो फाल्ने परम्परासहित मनाइँदैछ । साउने

नयाँ करार नियुक्तिमा रोक, ’पुल’मा रहेका कर्मचारीबाटै व्यवस्थापन गरिने

काठमान्डौं ,१ साउन। सरकारले अब रिक्त वा नयाँ स्थापना भएका सरकारी निकायहरूमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त नगर्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन

दमकमा पूँजिगत भन्दा चालु खर्च धेरै, खर्चको विवरणले यस्तो देखायो दमकको चित्र

दमक,१ साउन । दमक नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को खर्च विवरणले विकास निर्माणभन्दा प्रशासनिक तथा चालु खर्चले प्राथमिकता पाएको देखिएको छ । तथ्यांकअनुसार नगरपालिकाले पूँजीगत

दमक नगरपालिकाको सेवा प्रवाहबारे नागरिकको प्रतिकृया कस्तो ? यी कुरामा सुधार गर्नु पर्ने देखियो नागरिक रिपोर्ट

दमक, १ साउन ।स्थानीय सरकारप्रति नागरिकको विश्वास बढ्दै गएको संकेत दमक नगरपालिकामा गरिएको नागरिक प्रतिवेदन (सिटिजन रिपोर्ट कार्ड) ले देखाएको छ। नगरपालिकाबाट सेवा लिने अधिकांश

मिटरब्याज पीडित र सरकारबीच आजै लिखित सम्झौताको तयारी, सिंहदरबारमा निर्णायक वार्ता जारी

काठमाडौँ, १ साउन । आन्दोलनरत मिटरब्याज पीडित पक्ष र सरकारी वार्ता टोलीबीच आजै औपचारिक सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी तीव्र पारिएको छ। यसअघि दुवै पक्षबीच

देशका तीन राजमार्ग अझै पूर्णरुपमा अवरुद्ध

काठमाडौं,१ साउन । लगातारको वर्षापछि आएको पहिरो र प्रतिकूल मौसमका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले शुक्रबार बिहान करिब ७ बजेसम्मको विवरण