पठन संस्कृतिको विकासमा जोड

उज्यालो खबरका सम्पादक तिम्सिना सम्मानित

दमक, २१ भदौ / उज्यालो खबरका सम्पादक एवम् सर्जक भूपेन्द्रराज तिम्सिनालाई नेपाल लाइब्रेरी फाउण्डेशन् नेपाल झापा शाखाले सम्मानित गरेको छ ।

 

१८ औं पुस्तकालय दिवसका अवसरमा फाउण्डेशनको गृह पुस्तकालयले दमकस्थित जीवनचक्र समाजको कार्यालयमा आयोजना गरेको साहित्यिक कार्यक्रममाझ तिम्सिनालाई सम्मानित गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि दमक प्रज्ञा प्रतिष्ठानका संस्थापक अध्यक्ष हेमनाथ अधिकारी, फाउण्डेशन झापा अध्यक्ष डा. लेखनाथ न्यौपाने, साहित्य कला संगमका अध्यक्ष बिन्दु दहाल मूकदर्शकसहितले दोसल्ला र सम्मानपत्रले सम्मानित गर्नुभयो ।

 

मोरङको पथरी शनिश्चरे घर भई विगत ३० वर्षदेखि पत्रकारिता, साहित्य र कलाकारितामा शालिन र इमान्दारितापूर्वक सक्रिय रहेकोप्रति तिम्सिनालाई सम्मानित गरिएको उल्लेख छ । आफ्‌नो रचनासहित मन्तव्य राख्दै तिम्सिनाले आफ्‌नो पत्रकारिता र सृजना यात्रामा दमकसंग १५ वर्ष प्रत्यक्ष संलग्न रहेर समाज रुपान्तरणको कोशिस गरिरहेको जनाउनु भयो ।

 

कार्यक्रममा, प्रमुख अतिथि अधिकारीले समाजमा पठन संस्कृतिको विकास आजको आवश्यकता रहेको चर्चा गर्दै फाउण्डेशनले पनि रचना वाचनसंगै पढ्ने कुराको बानी गराउने महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नु भयो । पठन संस्कृतिको विकासमा टेवा पुर्‍याउन उहाँले संस्थालाई २ दर्जन बढी पुस्तक हस्तान्तरण गर्नुभयो । उहाँसंगसंगै शान्तप्रसाद भट्टराई, बाबुराम न्यौपानेले पनि पुस्तक हस्तान्तरण गर्नुभयो ।
पठन संस्कृतिको विस्तारका क्रममा मेघनाथ बन्धुले हेमनाथ अधिकारीको नियात्रा संग्रह ‘उत्तरी ध्रुवतिर बरालिँदा’, विष्णु न्यौपानेले भवानी खतिवडाको नियात्रा संग्रह ‘प्रणाम सगरमाथा’ र गोपाल दहालले दुर्गा काफ्‌लेको उपन्यास ‘चाँदनी’को समीक्षात्मक टिप्पणी गर्नुभयो ।

 

कार्यक्रममाझ झाँक्रीखोले, कृष्ण उदासी, विवेक क्षेत्री दुलाल, दुर्गा काफ्‌ले, बाबुराम न्यौपानेसहितले रचना वाचन गर्नुभयो । कार्यक्रमका अध्यक्ष डा.लेखनाथ न्यौपानले पठन संस्कृतिको विकासमा संस्थाले कदम अघि बढाउँदै जाने लक्ष्यका बारेमा जानकारी गराउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले