दमकमा जेन जी आन्दोलन

युवाहरुमा यस्तो आक्रोस, भन्छन् ‘देशमा बस्ने मन छ तर अवस्था बनेन ’

राज्यले युवाहरुको यो आवाजलाई कसरी संवोधन गर्छ त्यो भने हेर्न बाँकी छ ।

दमक, २३ भदौ । जेन जी अर्थात २८ वर्ष भन्दा कम उमेर समुहका युवाहरुको समुह । यो समुह अहिले अध्ययनमा छ । भविष्य कस्तो बनाउने भन्नेमा चिन्तीत छ । देशमै केहि गरौ भन्ने भावना छ तर देशका नेताले त्यस्तो अवस्थानै बनाइदिएनन । नेताहरुले आफ्नो , आफ्नो परिवार , आफ्ना आसेपासेहरुको मात्रै भविष्य बनाए । यही गरौ र यही बसौ भन्ने आम भुई मान्छेहरुका लागि अवस्था सिर्जना गराइदिएनन् । यही आक्रोस पोख्दै दमक सहित देशभरका यूवाहरु प्रदर्शनमा उत्रीएका छन् ।

यो आक्रोस र उर्जाको प्रर्दशन कुनै दलको झण्डामा बसेर गरिएको हैन । कुनै संगठनको ब्यानरमा पनि हैन । उनीहरु घर घरबाट स्वस्फुर्त आएका हुन । कलेज पढेर घर फर्केनेहरु सडकमा उभीएर आन्दोलनमा सहभागी भएका हुन । १८ वर्षका यूनिस दाहाल १२ कक्षा पास गरेर बस्नु भएको छ । १२ पढिसकेपछि स्नातकमा भर्ना गरेर कलेज जानुपर्ने उहाँ अहिले कन्सलटेन्सिमा आयल्स पढिरहनु भएको छ । यही आन्दोलनमा सहभागी हुन आउनु भएका उहाँ देशमा बस्ने अवस्था नभएकै कारण आफु विदेश जाने योजनामा रहेको प्रतिकृया दिनुहुन्छ ।

यस्तै पाँचथर घर हुनु भएकी जीना राई पनि जर्मनी जाने तयारी गरिरहनु भएको छ । व्यापार गरौ लगानी सुरक्षीत छैन । कहि काम गरौ भनसुनमा भनिदिने मान्छे छैनन । पाइला पाइलामा कर छ । नेपालमा केहि गर्छु भन्ने सोच त हो तर अवस्था कहि नदेखेपछि बाध्य भएर विदेश जाने योजनामा रहेको उहाँले सुनाउनु भयो ।

 

आशा र भरोसा भन्दा पनि यहाँ निरासा र चिन्ता बढि देखिएको छ । यूवाको जोश देश बनाउने भन्दा पनि देशमा बस्न योग्य बनाउने तर्फ हुनुपर्नेमा केन्द्रित छ । व्याप्त भ्रष्टचार । अनी नेताका छोराछोरीको आलीसान जीवन । आम नागरिक बेरोजागरको पीडामा । यो समस्यालाई शशक्त उजागर गर्न र परिवर्तन ल्याउन भन्दै जेन जि को यो आन्दोलनमा आफुपनि सहभागी भएको उर्लाबारीका प्रवेश ।

 

यही बसेर पढौ गुणस्तरीय शिक्षा छैन । यहाँको शिक्षाले भविष्य बनाइदिन सकेन । कुनै निशिचत भएन । जे सुकै काम गर्दापनि कर लिने र त्यसको दरुपयोग गर्ने । यसले न हाम्रो पुर्खामा समृद्धि आयो । न हामीले समृद्धि देख्न पाउने भयौ । न हाम्रो पूस्तालेनै देख्न पाउने भयो । त्यसैले करको दुरुपयोग हुनबाट रोक्न र भ्रष्टचारको जरै उखालेर फाल्न भन्दै यो आन्दोलनमा सहभागी भएको इक्सा थोप्रा लिम्बुले बताउनु भयो ।

अहिले सामाजीक सञ्जाल प्रतिबन्द लगाइएको छ । यसले नागरिकको वाक स्वतन्त्रता हनन गरेको र राज्य संयनत्रको काम र गतिविधीबाट वाक्क लागेको भन्दै त्यसको प्रतिरोधमा समेत आन्दोलन गर्नु परेको जेन जी टिम दमकका सकृय सदस्य सुभम सिग्देलले बताउनु भयो ।

 

यी पुस्ताले राखेको माग जायज छन । कसैले आफ्नै देशमा बसेर काम गर्छु वातावरण बनाइदेउ भन्ने विडम्बना आउँछ भने देश कुन हद तह सम्म गुज्रीरहेको छ भन्ने यो एउटा गतिलो उदाहरण हो । राज्यले यूवाहरुको यो आवाजलाई कसरी संवोधन गर्छ त्यो भने हेर्न बाँकी छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले