सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेनजी पुस्ताको प्रदर्शनका विषयमा छलफल

काठमाडौँ ,२३ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेनजी पुस्ताको प्रदर्शनका विषयमा छलफल गर्नु भएको छ ।

 

सभापति देउवाले आफ्नो निवास बूढानीलकण्ठमा बोलाएर महामन्त्री थापा र शर्मासँग दुई विषयमा कुराकानी गर्नु भएको छ। देउवाका स्वकीय सचिव भानु देउवाले महामन्त्रीद्वयसँग देउवाले छलफल गरेको जानकारी दिनु भयो ।

 

‘सभापतिज्यूले महामन्त्रीद्वयसँग कुराकानी गर्नुभएको हो । सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेनजी पुस्ताको प्रदर्शनबारे कुराकानी भएको हो,’ स्वकीय सचिव देउवाले भन्नु भयो ।

 

भेटमा महामन्त्री थापाले जेनजी पुस्ताको भावना, विद्यार्थीलाई परेको असर, विदेशमा रहेका छोराछोरीसँग कुराकानी गर्न आमाबाबुलाई परेको अप्ठ्यारो, सामाजिक सञ्जाल बन्दले गर्दा नजिकिएको चाडबाड र संगीत उद्योग एवं डिजिटल प्लेटफर्म माध्यमका सबै व्यवसायी समेतलाई परेकोले सरकारी निर्णय फिर्ता गर्न सुझाव दिनुपर्ने बताउनु भएको छ ।

 

देउवाले पार्टीले सरकारमा पठाएका मन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीसँग यसबारे कुराकानी गर्ने बताँउनु भएको छ । यद्यपि स्वकीय सचिव देउवाले प्रधानमन्त्रीसँग भेट्ने कार्यक्रम तय भइनसकेको बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरमा सरकारी जग्गा हडप्नेको रजगज

विराटनगर,२१ वैशाख । अरूलाई न्याय दिने र कानुनको रक्षा गर्ने निकायहरू नै अहिले विराटनगरमा आफ्नै जग्गा जोगाउन नसक्ने अवस्थामा पुगेका छन्। उच्च अदालत, जिल्ला समन्वय समिति

लेखक तिम्सिनालाई मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान हुने

पथरी, २१ बैशाख / खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गर्नुभएका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा

विराटनगर जुट मिलका कर्मचारीको आन्दोलन

विराटनगर, २१ वैशाख । नेपालको औद्योगिक इतिहास बोकेको ऐतिहासिक विराटनगर जुट मिल्स अहिले फेरि चर्चामा छ, तर उत्पादनका लागि होइन, आफ्नै कर्मचारीमाथि भएको चरम अन्यायका

१५९४ पदाधिकारी हट्दा पनि गभर्नर सुरक्षित: अध्यादेशले शक्तिशाली पद जोगायो

काठमान्डौं, २१ वैशाख । बालेन शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी गरेसँगै १,५९४ जना राजनीतिक नियुक्ति पाएका