काठमाडौँ, २३ भदौ । काठमाडौँ भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या १८ पुगि सकेको छ।
ट्रमा सेन्टरमा उपचाररत थप १ जना घाइतेको मृत्यु भएको छ ।
अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री रिजालले ७ जनाको मृत्यु भएको पुष्टि गर्नु भएको छ । ट्रमा सेन्टरमा ५० जना घाइतेको उपचार भइरहेको छ जसमा ४ जना घाइतेको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालले बताएको छ।एभरेस्ट अस्पतालमा ५ जनाको मृत्यु भएको छ।
उपचारका लागि सिभिल अस्पतालमा पु¥याइएका मध्ये ३ प्रदर्शनकारीको मृत्यु भएको अस्पताल प्रशासनले बताएको छ।
काठमाडौँ मेडिकल कजेलमा २ जना जनाको मृत्यु भएको छ। त्यस्तै टिचिङ अस्पतालमा १ जनाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा। गोपाल सेडाइँले जानकारी दिनु भयो ।
मृतकहरूको परिचय खुलेको छैन। मृत्यु हुनेमा स्कुले बालबालिकाहरू पनि रहेका छन्।अहिले काठमाडौँका विभिन्न अस्पतालमा २ सय बढी घाइतेको उपचार भइरहेको छ।









