आदेशअनुसार कर्फ्यु

दमकमा कर्फ्यु आदेश जारी : यी चार किल्लाभित्र सभा–जुलुस निषेध

स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ

दमक, २३ भदौ । दमकमा आइतबार भएको Gen Z समूहको आन्दोलन झडपमा परिणत भएपछि जिल्ला प्रशासन कार्यालय झापाले कर्फ्यु आदेश जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले हस्ताक्षर गरेको आदेश अनुसार २०८२ भदौ २३ गते राति १० बजेदेखि २०८२ भदौ २४ गते बिहान ५ बजेसम्म दमक नगरपालिकाको चार किल्लाभित्र सभा, जुलुस, प्रदर्शन, भीडभाड र धर्ना गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

आदेशअनुसार कर्फ्यु क्षेत्र यसप्रकार छन्

पूर्वमा : रमाइलो चौतारा

पश्चिममा : शिबु रोड

उत्तरमा : फलाङन्दन्द चोक

दक्षिणमा : पूर्व–पश्चिम राजमार्ग (एटेरियम हाइवे) बाट ३ किलोमिटर दक्षिणसम्म

किन जारी गरियो आदेश ?

आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा दुवै पक्षका थुप्रै घाइते भएपछि स्थिति नियन्त्रणमा लिन कर्फ्यु लगाइएको प्रशासनले जनाएको छ। कर्फ्यु अवधिमा मानिसलाई भीडभाड गर्न, टोलि बनाएर हिँड्न, सभा–जुलुस गर्न, सडकमा विरोध प्रदर्शन गर्न कडाईका साथ निषेध गरिएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरमा सरकारी जग्गा हडप्नेको रजगज

विराटनगर,२१ वैशाख । अरूलाई न्याय दिने र कानुनको रक्षा गर्ने निकायहरू नै अहिले विराटनगरमा आफ्नै जग्गा जोगाउन नसक्ने अवस्थामा पुगेका छन्। उच्च अदालत, जिल्ला समन्वय समिति

लेखक तिम्सिनालाई मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान हुने

पथरी, २१ बैशाख / खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गर्नुभएका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा

विराटनगर जुट मिलका कर्मचारीको आन्दोलन

विराटनगर, २१ वैशाख । नेपालको औद्योगिक इतिहास बोकेको ऐतिहासिक विराटनगर जुट मिल्स अहिले फेरि चर्चामा छ, तर उत्पादनका लागि होइन, आफ्नै कर्मचारीमाथि भएको चरम अन्यायका

१५९४ पदाधिकारी हट्दा पनि गभर्नर सुरक्षित: अध्यादेशले शक्तिशाली पद जोगायो

काठमान्डौं, २१ वैशाख । बालेन शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी गरेसँगै १,५९४ जना राजनीतिक नियुक्ति पाएका