बिर्तामोड, २४ भदौ । बिर्तामोड–४ स्थित नेकपा एमाले झापाको पार्टी कार्यालयमा मङगलबार आगजनी भएको छ ।
आज बिहान अन्दाजी १० बजे करिब ५ सयको संख्यामा आएका जेनजी समर्थक युवाहरुले पार्टी कार्यालयमा आगजनी गरेका थिए ।
आगजनीबाट पार्टी कार्यालय जलेर पूर्ण क्षति भएको छ । हिजो राति पनि प्रदर्शनकारीहरुले एमाले पार्टी कार्यालयमा तोडफोड गरेका थिए । सोमबारबाट शुरू भएको जेनजीको प्रदर्शन आज बिहानैदेखि फेरि शुरू भएको छ ।









