काठमाडौँ ,२४ भदौ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले जेनजी आन्दोलनकारीलाई घर फर्किन आग्रह गर्नु भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत एक आह्वान गर्दै बालेनले भन्नु भएको छ,‘ प्लिज जेनजी, देश तपाईँहरूकै हातमा हो । तपाईँहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईं हाम्रो नै हुने हो । अब घर फर्कनुहोस् ।









