आवश्यकता परे गोली चलाउने चेतावनी

भोलि बिहान ६ बजेसम्म झापामा कडा कर्फ्यु लगाउने निर्णय

यस अवधिमा बिना अनुमति कुनै पनि व्यक्ति सडकमा निस्कन, समूहमा जम्मा हुने, विरोध प्रदर्शन गर्ने वा भीडभाड गर्ने अनुमति हुनेछैन

झापामा अति आवश्यक परिस्थितीका कारण कर्फ्यु आदेश जारी गरिएको छ।

 

गत भदौ २३ र २४ गतेको Gen Z आन्दोलनका क्रममा सार्वजनिक सम्पत्ति तोडफोड, आगजनी र लुटपाट हुने अवस्था सिर्जना भएपछि प्रमुख जिल्ला अधिकारीले आज दिउँसो ३ बजेदेखि भोलि बिहान  ६ बजेसम्म जिल्ला प्रशासन क्षेत्रभित्र कडा कर्फ्यु (Hard Curfew) लगाउने निर्णय गरेका छन्।

 

यस अवधिमा बिना अनुमति कुनै पनि व्यक्ति सडकमा निस्कन, समूहमा जम्मा हुने, विरोध प्रदर्शन गर्ने वा भीडभाड गर्ने अनुमति हुनेछैन। प्रशासनले आवश्यक कामका लागि मात्र प्रहरी वा सुरक्षाकर्मीको अनुमतिपछि आवाजाही गर्न सकिने जनाएको छ।

 

आदेश उल्लङ्घन गर्नेहरुलाई तत्काल नियन्त्रणमा लिइने र आवश्यकता परे गोली चलाउन समेत बाध्य हुनुपर्ने चेतावनी दिइएको छ।

 

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले शान्ति सुरक्षा कायम राख्न सबै पक्षको सहयोग माग गर्दै नागरिकलाई संयमित रहन आग्रह गरेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरमा सरकारी जग्गा हडप्नेको रजगज

विराटनगर,२१ वैशाख । अरूलाई न्याय दिने र कानुनको रक्षा गर्ने निकायहरू नै अहिले विराटनगरमा आफ्नै जग्गा जोगाउन नसक्ने अवस्थामा पुगेका छन्। उच्च अदालत, जिल्ला समन्वय समिति

लेखक तिम्सिनालाई मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान हुने

पथरी, २१ बैशाख / खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गर्नुभएका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा

विराटनगर जुट मिलका कर्मचारीको आन्दोलन

विराटनगर, २१ वैशाख । नेपालको औद्योगिक इतिहास बोकेको ऐतिहासिक विराटनगर जुट मिल्स अहिले फेरि चर्चामा छ, तर उत्पादनका लागि होइन, आफ्नै कर्मचारीमाथि भएको चरम अन्यायका

१५९४ पदाधिकारी हट्दा पनि गभर्नर सुरक्षित: अध्यादेशले शक्तिशाली पद जोगायो

काठमान्डौं, २१ वैशाख । बालेन शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी गरेसँगै १,५९४ जना राजनीतिक नियुक्ति पाएका