‘आफ्नो ठाउँ, आफ्नै सुरक्षामा’

बिर्तामोडमा नागरिक प्रहरी गठन, अपराधीक गतिविधि नियन्त्रण गर्ने

सार्वजनिक कार्यक्रममा सहभागीहरूले नेपालको नक्सा अंकित "नागरिक प्रहरी" लेखिएको विशेष भेष्ट लगाएर गस्ती गर्ने

बिर्तामोड | २५ भदौ | देशमा उत्पन्न विषम परिस्थितिको कारण सुरक्षाकर्मीको उपस्थिति न्यून हुने अवस्था सिर्जना भएपछि चोरी, डकैतीजस्ता आपराधिक गतिविधि रोकथामका लागि झापाको बिर्तामोडमा नागरिक प्रहरी गठन गरिएको छ।

‘आफ्नो ठाउँ, आफ्नै सुरक्षामा’ भन्ने नारासहित सुरु गरिएको यो अभियानलाई सुरक्षाको वैकल्पिक संरचना भनेर लिइएको छ।

प्रारम्भिक चरणमै करिब १ हजार नागरिक प्रहरी परिचालन गर्ने निर्णय गरिएको यसको नेतृत्व सन्तोष घिमिरेले जानकारी दिनुभयो । उहाका अनुसार सुरक्षाको खाडललाई तत्कालै टार्न र आपराधिक गतिविधि रोक्न नागरिक प्रहरीले नेपाली सेनासँग पनि समन्वय गर्दै काम गर्नेछ।

घिमिरेसँगै विमोचन पोख्रेल, खगेन्द्र महतो, आयुष बस्नेत, उमेश राजवंशी र तेजराज कोइरालालाई फोकल पर्सन तोकिएको छ। उनीहरूले वर्तमान परिस्थितिको लाभ उठाएर असामाजिक तत्वहरू सक्रिय हुन नदिन नागरिक प्रहरीलाई अस्थायी विकल्पका रूपमा अघि सारेको बताएका छन्।

सार्वजनिक कार्यक्रममा सहभागीहरूले नेपालको नक्सा अंकित “नागरिक प्रहरी” लेखिएको विशेष भेष्ट लगाएर गस्ती गर्ने जानकारी दिएका छन्। उनीहरूले टोल–टोलमा नागरिक प्रहरी गठन गर्न र सबैलाई यसमा सक्रिय सहभागिताका लागि आह्वान समेत गरेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले