ब्लक्सनै बलियो

एरो लाईट ब्लक्स इटा भन्दा सस्तो र सुरक्षीत भएको दावी

aero-lite-aac-block-ujyaalo

दमक/
जर्मन प्रविधिबाट नेपालमा उत्पादन भएको एरो लाईट एएसि ब्लक्स इटा भन्दा सस्तो र सुरक्षीत भएको दावि गरिएको छ । कम्पनीको बजार व्यवस्थापन समुहले झापाका दमकमा एक अन्तकृया सम्पन्न गरेर यस्तो दावी गरेको हो ।

बिहिबार साँझ दमक सहित आसपासमा काम गर्ने बिभिन्न सिभिल इन्जिनियर , इन्जिनियर तथा निर्माण व्यवसायीसँगको अन्तरकृयाका क्रममा एरो लाईट कम्पनीका बजार व्यवस्थापक गोविन्द रिमालले यसका उत्पादनहरु अत्याधुनिक प्रविधिको प्रयोगबाट बालुवालाई उच्च रिफाईन गरि , सिसाको धुलो लगायत अन्य सामाग्रीको मिसावटले मजबुद बनाइएको उल्लेख गर्नु भयो ।

यो इटा भन्दा कम तौल हुने , इटा जस्तो सजिलै नफुट्ने भएकोले घर तथा अन्य भौतिक संरचना निर्माण गर्दा यस प्रकारको ब्लक प्रयोग गर्न आवश्यक रहेको बताउनु भयो । इटा उद्योगहरुले इटा उत्पादन गर्दा माटोको अत्याधिक प्रयोग गर्नु पर्दा त्यस ठाउँको उर्वरा शक्तिमा ह्रास ल्याउनुका साथै वातावरणमा समेत असर पारिरहेकोले वातावरणमुखी ब्लकको प्रयोग गरेर घर तथा भवनको सुरक्षाका साथै वातारण संरक्षण अभियानमा लाग्न पनि उहाँको अनुरोध छ ।

दमकमा यसको बिक्रि वितरण चन्द्रमा सप्लायर्सबाट हुँदै आएको पनि अन्तरकृयाका क्रममा बताइएको छ । कुनै ठुलो भुकम्प आएमा पनि इटाबाट बनेको संरचनाको भन्दा कम क्षती हुने तथा मानविय असर समेत न्यून हुने भएकोले पनि ब्लक्सको प्रयोग सुरक्षीत रहेको दावी रिमालले गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित