ब्लक्सनै बलियो

एरो लाईट ब्लक्स इटा भन्दा सस्तो र सुरक्षीत भएको दावी

दमक/
जर्मन प्रविधिबाट नेपालमा उत्पादन भएको एरो लाईट एएसि ब्लक्स इटा भन्दा सस्तो र सुरक्षीत भएको दावि गरिएको छ । कम्पनीको बजार व्यवस्थापन समुहले झापाका दमकमा एक अन्तकृया सम्पन्न गरेर यस्तो दावी गरेको हो ।

बिहिबार साँझ दमक सहित आसपासमा काम गर्ने बिभिन्न सिभिल इन्जिनियर , इन्जिनियर तथा निर्माण व्यवसायीसँगको अन्तरकृयाका क्रममा एरो लाईट कम्पनीका बजार व्यवस्थापक गोविन्द रिमालले यसका उत्पादनहरु अत्याधुनिक प्रविधिको प्रयोगबाट बालुवालाई उच्च रिफाईन गरि , सिसाको धुलो लगायत अन्य सामाग्रीको मिसावटले मजबुद बनाइएको उल्लेख गर्नु भयो ।

यो इटा भन्दा कम तौल हुने , इटा जस्तो सजिलै नफुट्ने भएकोले घर तथा अन्य भौतिक संरचना निर्माण गर्दा यस प्रकारको ब्लक प्रयोग गर्न आवश्यक रहेको बताउनु भयो । इटा उद्योगहरुले इटा उत्पादन गर्दा माटोको अत्याधिक प्रयोग गर्नु पर्दा त्यस ठाउँको उर्वरा शक्तिमा ह्रास ल्याउनुका साथै वातावरणमा समेत असर पारिरहेकोले वातावरणमुखी ब्लकको प्रयोग गरेर घर तथा भवनको सुरक्षाका साथै वातारण संरक्षण अभियानमा लाग्न पनि उहाँको अनुरोध छ ।

दमकमा यसको बिक्रि वितरण चन्द्रमा सप्लायर्सबाट हुँदै आएको पनि अन्तरकृयाका क्रममा बताइएको छ । कुनै ठुलो भुकम्प आएमा पनि इटाबाट बनेको संरचनाको भन्दा कम क्षती हुने तथा मानविय असर समेत न्यून हुने भएकोले पनि ब्लक्सको प्रयोग सुरक्षीत रहेको दावी रिमालले गर्नुभयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उपसभामुख ठाकुरको दहेज प्रथाविरुद्ध कडा सन्देश

सर्लाही,३ वैशाख । उपसभामुख रुबीकुमारी ठाकुरले दाइजोको लेनदेन हुने विवाह समारोहमा आफू सहभागी नहुने घोषणा गर्नु भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत उहाँले यस्तो धारणा

दानबहादुरद्धारा महानगरपालिकालाइ सहयोग उपलब्ध गराउन तयार

काठमाडौं, ३ वैशाख । सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौँ महानगरपालिका र नेपाल प्रहरी बिचको सम्बन्ध थप बलियो बनाइने भएको छ । काठमाडौँ

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच शिष्टाचार भेटवार्ता

काठमाडौं,२ वैशाख । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीच आज (बुधबार) गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । उक्त भेटघाटमा

समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहको छलफल

काठमाडौं,२ वैशाख । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभाका सबै दलबाट निर्वाचित समानुपातिक सांसदहरूसँग छलफल गर्नु भएको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रिया