ओलीको सन्देश

मेरै जिद्दीका कारण यो व्यवस्था आएको हो: केपी ओली

उहाले त्यस्ता घटनाको पछाडि “गहिरो षड्यन्त्र” रहेको र त्यस्ता षड्यन्त्रमा नफस्न समेत अनुरोध गर्नुभएको छ ।

दमक, २५ भदौ | नेपाली राजनीति अहिले पनि चर्चामा छ, र यसको केन्द्रमा हुनुहुन्छ नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली।

शिवपुरीस्थित नेपाली सेनाको सुरक्षाघेराभित्रबाट जेनेरेसन जेडलाई पठाएको विशेष सन्देशमा ओलीले आफैंलाई “जिद्दी” भएको स्वीकार गर्नुभएको छ ।
ओलीले भन्नुभयो
“स्वभावले म अलि जिद्दी छु। यो जिद्दीपन नभएको भए, यति अप्ठ्याराका बीचमा यहाँसम्म आइपुग्नुभन्दा धेरै अगाडि मैले हार खाइसकेको हुन्थेँ होला।”

उहाको यो आत्मस्वीकारोक्ति मात्र सामान्य अभिव्यक्ति थिएन। उहाले ठ्याक्कै तीन विषयमा आफ्नो जिद्दीपनलाई खुलाउनु भयो ।

नेपालमा व्यवसाय गर्ने सामाजिक सञ्जालले कानुन मान्नैपर्छ भन्ने जिद्दी,

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नै हो भन्ने अडानमा अटल रहने जिद्दी,

भगवान् राम नेपालमै जन्मिएको हो भन्ने दाबीमा नझुक्ने जिद्दि ।

ओलीले भन्नुभयो “यी जिद्दीहरूमा म पछाडि हटेको भए, अरू थुप्रै अवसरहरू पाउने थिएँ। तर म पद वा प्रतिष्ठाभन्दा व्यवस्थालाई जोगाउनतिरै लागेँ।”

ओलीले हालैको जेनेरेसन जेड आन्दोलनमा भोगिएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

उहाले भन्नुभयो “जब मैले सुनेँ, प्रहरीको गोलीले मेरा छोराछोरीहरूको जीवन समाप्त भयो, त्यस दिनदेखि मेरा लागि धेरै कुरा सकिएका छन्। त्यो पीडाको घाउ आज पनि आलै छ।”

अहिलेसम्म ३० जनाले ज्यान गुमाइसकेका छन् भने करिब १ हजार जना घाइते भएका छन्।

ओलीले युवाहरुलाई सम्झाउँदै भन्नुभयो , आन्दोलनको दोस्रो दिनमा भएका विध्वंसात्मक गतिविधि उनीहरूको निर्दोष अनुहारबाट सम्भव नभएको विश्वास आफूलाई रहेको छ। उहाले त्यस्ता घटनाको पछाडि “गहिरो षड्यन्त्र” रहेको र त्यस्ता षड्यन्त्रमा नफस्न समेत अनुरोध गर्नुभएको छ ।

सन्देशमा उहाले हालका आन्दोलन र हिंसात्मक गतिविधि उल्लेख गर्दै युवालाई सचेत हुनपनी आग्रह गर्नुभएकोछ ।

कार्यालयमा आगजनी, कैदी छुटाउने जस्ता घटनामा गहिरो षड्यन्त्र लुकेको भन्दै उहाले व्यवस्थाको सुरक्षा सबैभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

व्यक्तिगत जीवनको पीडा पनि ओलीको सन्देशमा प्रस्ट सुनिन्थ्यो। आन्दोलनकालीन यातनाले आफ्नै सन्तान गुमाएको प्रसंग सम्झँदै उहाले भन्नुभयो “म सधैं शान्तिको पक्षमा उभिएको छु, किनभने हिंसाको क्रूरता मैले आफैं भोगेको छु।”

अन्त्यमा, ओलीले युवालाई सचेत गराउँदै भन्नुहुन्छ
“यो व्यवस्थाले नै तपाईँहरुलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ। त्यसैले व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन।”

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरमा सरकारी जग्गा हडप्नेको रजगज

विराटनगर,२१ वैशाख । अरूलाई न्याय दिने र कानुनको रक्षा गर्ने निकायहरू नै अहिले विराटनगरमा आफ्नै जग्गा जोगाउन नसक्ने अवस्थामा पुगेका छन्। उच्च अदालत, जिल्ला समन्वय समिति

लेखक तिम्सिनालाई मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान हुने

पथरी, २१ बैशाख / खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गर्नुभएका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा

विराटनगर जुट मिलका कर्मचारीको आन्दोलन

विराटनगर, २१ वैशाख । नेपालको औद्योगिक इतिहास बोकेको ऐतिहासिक विराटनगर जुट मिल्स अहिले फेरि चर्चामा छ, तर उत्पादनका लागि होइन, आफ्नै कर्मचारीमाथि भएको चरम अन्यायका

१५९४ पदाधिकारी हट्दा पनि गभर्नर सुरक्षित: अध्यादेशले शक्तिशाली पद जोगायो

काठमान्डौं, २१ वैशाख । बालेन शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी गरेसँगै १,५९४ जना राजनीतिक नियुक्ति पाएका