ओलीको सन्देश

मेरै जिद्दीका कारण यो व्यवस्था आएको हो: केपी ओली

उहाले त्यस्ता घटनाको पछाडि “गहिरो षड्यन्त्र” रहेको र त्यस्ता षड्यन्त्रमा नफस्न समेत अनुरोध गर्नुभएको छ ।

दमक, २५ भदौ | नेपाली राजनीति अहिले पनि चर्चामा छ, र यसको केन्द्रमा हुनुहुन्छ नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली।

शिवपुरीस्थित नेपाली सेनाको सुरक्षाघेराभित्रबाट जेनेरेसन जेडलाई पठाएको विशेष सन्देशमा ओलीले आफैंलाई “जिद्दी” भएको स्वीकार गर्नुभएको छ ।
ओलीले भन्नुभयो
“स्वभावले म अलि जिद्दी छु। यो जिद्दीपन नभएको भए, यति अप्ठ्याराका बीचमा यहाँसम्म आइपुग्नुभन्दा धेरै अगाडि मैले हार खाइसकेको हुन्थेँ होला।”

उहाको यो आत्मस्वीकारोक्ति मात्र सामान्य अभिव्यक्ति थिएन। उहाले ठ्याक्कै तीन विषयमा आफ्नो जिद्दीपनलाई खुलाउनु भयो ।

नेपालमा व्यवसाय गर्ने सामाजिक सञ्जालले कानुन मान्नैपर्छ भन्ने जिद्दी,

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नै हो भन्ने अडानमा अटल रहने जिद्दी,

भगवान् राम नेपालमै जन्मिएको हो भन्ने दाबीमा नझुक्ने जिद्दि ।

ओलीले भन्नुभयो “यी जिद्दीहरूमा म पछाडि हटेको भए, अरू थुप्रै अवसरहरू पाउने थिएँ। तर म पद वा प्रतिष्ठाभन्दा व्यवस्थालाई जोगाउनतिरै लागेँ।”

ओलीले हालैको जेनेरेसन जेड आन्दोलनमा भोगिएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

उहाले भन्नुभयो “जब मैले सुनेँ, प्रहरीको गोलीले मेरा छोराछोरीहरूको जीवन समाप्त भयो, त्यस दिनदेखि मेरा लागि धेरै कुरा सकिएका छन्। त्यो पीडाको घाउ आज पनि आलै छ।”

अहिलेसम्म ३० जनाले ज्यान गुमाइसकेका छन् भने करिब १ हजार जना घाइते भएका छन्।

ओलीले युवाहरुलाई सम्झाउँदै भन्नुभयो , आन्दोलनको दोस्रो दिनमा भएका विध्वंसात्मक गतिविधि उनीहरूको निर्दोष अनुहारबाट सम्भव नभएको विश्वास आफूलाई रहेको छ। उहाले त्यस्ता घटनाको पछाडि “गहिरो षड्यन्त्र” रहेको र त्यस्ता षड्यन्त्रमा नफस्न समेत अनुरोध गर्नुभएको छ ।

सन्देशमा उहाले हालका आन्दोलन र हिंसात्मक गतिविधि उल्लेख गर्दै युवालाई सचेत हुनपनी आग्रह गर्नुभएकोछ ।

कार्यालयमा आगजनी, कैदी छुटाउने जस्ता घटनामा गहिरो षड्यन्त्र लुकेको भन्दै उहाले व्यवस्थाको सुरक्षा सबैभन्दा महत्त्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

व्यक्तिगत जीवनको पीडा पनि ओलीको सन्देशमा प्रस्ट सुनिन्थ्यो। आन्दोलनकालीन यातनाले आफ्नै सन्तान गुमाएको प्रसंग सम्झँदै उहाले भन्नुभयो “म सधैं शान्तिको पक्षमा उभिएको छु, किनभने हिंसाको क्रूरता मैले आफैं भोगेको छु।”

अन्त्यमा, ओलीले युवालाई सचेत गराउँदै भन्नुहुन्छ
“यो व्यवस्थाले नै तपाईँहरुलाई बोल्ने, हिँड्ने, प्रश्न गर्ने अधिकार दिएको छ। त्यसैले व्यवस्थाको विषयमा कुनै सम्झौता हुँदैन।”

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले