जेनजी आन्दोलनपछि देशैभरको यातायात सेवा ठप्प

काठमाण्डौ,२६ भदौ । जेनजी आन्दोलनपछि यातायात क्षेत्र नराम्ररी प्रभावित भएको छ । मङ्गलवारदेखि नै यातायात क्षेत्र ठप्प बनेको छ । प्रदर्शनका कारण छोटो तथा लामो दूरीका सबैै गाडी बन्द रहेका छन् । नेपालीहरुको सबैभन्दा ठूलो पर्व दशैँ नजिकिदै गर्दा गाडी नचलेपछि यात्रुहरु बिचल्लीमा परि रहेका छन् ।

 

विदेशबाट आउने नेपालीसहित शहरबाट गाउँ जाने नागरिक समस्यामा परेका छन् । यसवर्ष असोज १६ गते दशैँको टीका छ । असोज ६ गते घटस्थापना अघि घर पुग्ने योजना बनाएका यात्रु बाटोमै अलपत्र रहेका छन् । अहिलेसम्म टिकट बुकिङ खुल्ने सुरसार रहेको छैन ।

 

देश नै शुन्य अवस्थामा पुगेकोले यातायात सञ्चालन गर्न सक्ने अवस्था नरहेको व्यावसायीले बताएका छ । यातायात व्यवसायीले गाडी चलाउनका लागि सुरक्षाको ग्यारेन्टी हुनुपर्ने जनाएको छ । यसका लागि सम्बन्धित निकायले सुरक्षित वातावरण तयार गनुपर्ने गाडी सञ्चालकहरुको भनाइ छ । गाडी नचल्दा यात्रुसँगै यातायात व्यवासायी र मजदुर समस्यामा परि रहेका छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले