अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै यात्रुको भीड बढ्दै

काठमाण्डौ,२६ भदौ । जेनजी आन्दोलनको कारण अस्ति मङ्कलवार दिउँसोदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुला भएको छ । विमानस्थल खुला भएसँगै हिजो बेलुकीदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएको हो ।

 

आन्तरिक उडान बिहिबार देखि सञ्चालनमा आउँदै छ । आन्तरिक उडानका अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरले सबै आन्तरिक उडान आज बिहानदेखि सञ्चालनमा आउने बताएको थियो ।

 

विमानस्थल सञ्चालनमा आएसँगै यात्रुको भीड बढेको छ । काठमाण्डौ विमानस्थल प्रशासनले यात्रुहरुलाई आफ्नो टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन आग्रह गरेको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरमा सरकारी जग्गा हडप्नेको रजगज

विराटनगर,२१ वैशाख । अरूलाई न्याय दिने र कानुनको रक्षा गर्ने निकायहरू नै अहिले विराटनगरमा आफ्नै जग्गा जोगाउन नसक्ने अवस्थामा पुगेका छन्। उच्च अदालत, जिल्ला समन्वय समिति

लेखक तिम्सिनालाई मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान हुने

पथरी, २१ बैशाख / खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गर्नुभएका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा

विराटनगर जुट मिलका कर्मचारीको आन्दोलन

विराटनगर, २१ वैशाख । नेपालको औद्योगिक इतिहास बोकेको ऐतिहासिक विराटनगर जुट मिल्स अहिले फेरि चर्चामा छ, तर उत्पादनका लागि होइन, आफ्नै कर्मचारीमाथि भएको चरम अन्यायका

१५९४ पदाधिकारी हट्दा पनि गभर्नर सुरक्षित: अध्यादेशले शक्तिशाली पद जोगायो

काठमान्डौं, २१ वैशाख । बालेन शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी गरेसँगै १,५९४ जना राजनीतिक नियुक्ति पाएका