काठमाण्डौ,२६ भदौ । मंगलबार जेनजी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटका २८ मध्ये २१ वटा शाखामा क्षति भएको जानकारी पाइएको छ। भाटभटेनीका प्रतिनिधि पानु पौडेलका अनुसार यी शाखाहरूमा प्रदर्शनकारीले चोरी, तोडफोड र आगजनी गर्रे क्षेती पु¥याएका छन्।
१२ वटा शाखामा लुटपाटपछि आगो झोसिएको हो भने ९ वटामा तोडफोड र लुटपाट गरिएको छ। देशभर छरिएका सात वटा शाखामा मात्र कुनै क्षति नपुगेको जानकारी दिनु भयो ।
क्षति भएका भाटभटेनीका कर्मचारीहरू बिहीबारबाट सरसफाइमा जुटी रहेका छन्।
यसअघि २०८१ चैत १५ मा दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा पनि कोटेश्वरको भाटभटेनीमा तोडफोड र चोरी भएको थियो। त्यो बेला भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङले आफ्नो र सबै कर्मचारीको मन दुखेको बताँउनु भयो ।
त्यो बेलाको भएको ८० लाख रूपैयाँको क्षति नै ठूलो थियो। तर अहिलेको क्षति अकल्पनीय भएको र व्यवसायीको मनोबलमाथि नै निर्मम प्रहार भएको कर्मचारीहरूले बताएका छन्। कुन शाखामा कस्तो क्षति, कुनै प्रकारको क्षति नभएका शाखा,चोरी डकैतीपछि आगलागीको शाखा, चोरी डकैती तथा तोडफोड भएको शाखा
भाटभटेनीका अनुसार उसले वार्षिक ३१ अर्ब रूपैयाँभन्दा बढीको व्यापार गरेर नाफा कमाइरहेको छ। तर त्यो नाफाको ठूलो हिस्सा सामाजिक उत्तरदायित्वमा खर्च गरिरहेको थियो ।
भाटभटेनी मात्रै होइन यसपालि आन्दोलनमा, धेरै रोजगारी दिने, ठूलो कारोबार गर्ने अधिकांश व्यावसायिक घराना निशानामा परेका छन् भने चौधरी ग्रुप, आइएमई ग्रुप, गोल्छा ग्रुप, शंकर ग्रुप, बहुराष्ट्रिय कम्पनी सबैमा तोडफोड गरिनुका साथै धेरैमा आगो झोसिएको समेत छ।









