उत्पादन घट्यो

झापामा ३ प्रतिशत धान उत्पादन घट्यो , उत्पादत्वमा भने असर परेन

 

 

 

 

 

 

दमक/

 

गत बर्षको तुलनामा झापामा यस बर्ष धान उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्र झापाको तथ्यांक अनुसार जिल्लामा गत बर्षको तुलनामा यस बर्ष ३ प्रतिशतले धान उत्पादनमा गिरावट आएको हो ।

 

यस बर्ष जिल्लाभरी ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमा धानखेति भएको थियो । तर शुरुवाती कात्तिकमा भएको अविरल बर्षाले जिल्लाभरी कै धानखेतिमा ठुलो प्रभाव पार्‍यो । जसको परिणाम स्वरुप समग्र धान उत्पादनमा नै गिरावट आएको हो ।

 

ज्ञान केन्द्रको तथ्यांक अनुसार यसबर्ष प्रतिहेक्टर ५ दशमलव २० मेट्रिक टनका दरले धान उत्पादन भएको हो । तर अविरल बर्षाका कारण ४६ हजार ६ सय २९ मेट्रिक टन धान भने पुणर् रुपमा नष्ट भयो ।

 

यसरी लगातारको बर्षाका कारण धानबालीमा क्षति पुग्दा समग्र धान उत्पादन घटेको हो । बर्षाका कारण भएको क्षति कटाएर यसबर्ष जिल्लामा ४ लाख ८ हजार ३६१ मेट्रिक टन धान उत्पादन भएको छ ।

 

जुन गत बर्षको तुलनामा ३ प्रतिशतले कम हो । गत बर्ष ४ लाख २० हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रसगँ तथ्यांक छ । गत बर्ष पनि जिल्लामा ८७ हजार ५ सय हेक्टर क्षेत्रफलमै धान रोपाइँ भएको थियो ।

 

यता ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले धान उत्पादन घटेपनि उत्पादकत्व भने बढेको बताउनुभयो । ‘उत्पादन घटेको देखिएपनि उत्पादकत्व भने बढेको हो, तर बर्षाले बालीमा क्षति गर्दा उत्पादकत्व बढेको अर्थ भएन’ उहाँले भन्नुभयो ‘बर्षाका कारण क्षति नभएको भए यस बर्ष धान उत्पादन बढ्ने थियो ।’

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।